दर्शकले बल्ल फेरि देख्न पाउने भए विजयलाई लिड रोलमा, ‘जनै हराएको बाहुन’ भदौ ६ मा आउने « Khabarhub

दर्शकले बल्ल फेरि देख्न पाउने भए विजयलाई लिड रोलमा, ‘जनै हराएको बाहुन’ भदौ ६ मा आउने


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्षको तिहारमा फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनमा आयो । यही फिल्मबाट सहायक कलाकारबाट विजय बराल नायक बने ।

यो फिल्मले ४६ करोडभन्दा बढी ग्रस कलेक्सन गरेर कीर्तिमान कायम गर्‍यो । यही फिल्मबाट विजयलाई प्रस्ताव आउने भूमिका फेरिएको छ ।

यसभन्दा पहिला उनलाई सहायक भूमिकामा प्रस्ताव आउथ्यो भने अहिले लिड रोलका लागि आउने गरेको छ । तर, विजयले छानेर मात्रै फिल्म साइन गर्ने गरेका छन् । उनले दुई फिल्म साइन गरे ।

यी दुवै फिल्म ‘वरिष्ठ बलराम’ र ‘जनै हराएको बाहुन’को छायाङ्न सकिएको छ । ‘वरिष्ठ बलराम’को प्रदर्शन मिति आगामी लक्ष्मी पूजा तोकिएको छ । तर, विजय यसको सोलो नायक होइनन् । शीर्ष भूमिकामा दयाहाङ राई पनि छन् ।

तर, गत तिहार यता विजय सहायक भूमिकामा रहेका फिल्महरु ‘राजागंज’, ‘अञ्जिाला’, ‘लाज शरणम्’लगायत प्रदर्शनमा आए । यी फिल्म विजयले ‘पूर्णबहादुरको सारङ्गी’भन्दा नै पहिला गरेका हुन् ।

सोहीकारण नायकको परिचय बनिसक्दा पनि उनी सहायक भूमिकामा रहेका फिल्म प्रदर्शनमा आइरहे ।

विजयलाई पुनः लिड कलाकारका रुपमा हेर्न दर्शक उत्सुक छन् । तर, यो मिति कहिले ? भन्ने ठेगान लागेको थिए । अब भने प्रतिक्षा समाप्त भएको छ ।

विजय लिड रोलमा रहेको फिल्म ‘जनै हराएको बाहुन’ भदौ ६ गते प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले सोमबार फिल्म एक पोस्टर सार्वजनिक गरी प्रदर्शन मिति घोषणा गरेको हो ।

यो फिल्मले आमाको खुसीका लागि सम्पत्ति कमाउन गाउँबाट सहर पस्ने छोराको संघर्षको कथामा समेटेको छ ।

यो फिल्मको छायाङ्कन गत साता सम्पन्न भएको हो । अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको छ । फिल्ममा नायिका केकी अधिकारी, मिरुना मगर पनि शीर्ष भूमिकामा रहेको बताइएको छ ।

यस फिल्मको निर्देशक हिमाल न्यौपाने हुन् । उनको यो डेब्यू फिल्म हो । कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् ।

पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ७ : ३७ बजे

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री कार्की

पाटन– प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्

एमाले महाधिवेशन : मतदान जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब