‘साम्बा चोक’ नामाकरणपछि सावित्राले भनिन् : यो भन्दा ठूलो सम्मान के नै हुन्छ र ? « Khabarhub

‘साम्बा चोक’ नामाकरणपछि सावित्राले भनिन् : यो भन्दा ठूलो सम्मान के नै हुन्छ र ?


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मर्स्याङ्दी गाउँपालिकाले आफ्नो नाममा चोकको नामाकरण गरेपछि नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारी साम्बाले खुसी व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जालमा साम्बाले लेखेकी छन्, ‘ लमजुङको छोरीको लागि आफ्नो जन्मस्थानमा यो भन्दा ठूलो सम्मान अरु के हुन सक्छ र । मर्स्याङ्दी गाउँपालिकासहित सबैमा नमन ।’

लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ खुदीपुल वारिको क्षेत्रलाई ‘साम्बा चोक’ नामाकरण गरिएको छ । आज एक कार्यक्रमबीच मर्स्याङ्दी–९ पामचोकमा फुटबलर सावित्राको सम्मानमा साम्बा चोक नामाकरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले साम्बाको तस्बिर राख्दै आजदेखि यस क्षेत्रलाई साम्बा चोक नामाकरण गरिएको घोषणा गरेका थिए ।

आफ्नै ठाउँको चेली सावित्रा फुटबल खेलको क्षेत्रबाट पालिका, जिल्ला मात्र नभई नेपाललाई विश्वसामु चिनाउन सफल भएकाले पालिकावासी हर्षित रहेको उनको भनाइ छ । यस्ता कार्यले सावित्रालाई प्रेरणा मिल्ने र फुटबल क्षेत्रमा स्थापित उहाँलाई सम्मान गर्न साम्बा चोक नामाकरण गरिएको उनले बताए ।

सावित्रा नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले परिचित छिन् । सशस्त्र प्रहरी बल क्लबबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेकी साम्बा हाल नेपाली महिला फुटबल टोलीको सर्वाधिक गोलकर्ता हुन् । सावित्रा अन्तरराष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी पनि हुन् । उनी लमजुङको तत्कालीन सिम्पानी गाविस–७ हाल मस्र्याङ्दी गाउँपालिका–९ पामचोक गाउँमा हुर्किएकी हुन् ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  १० : १० बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता