ओलीलाई जवाफ फर्काउँदै बालेनले भने : भ्रष्ट सिस्टमलाई समर्थन गर्दिनँ « Khabarhub

ओलीलाई जवाफ फर्काउँदै बालेनले भने : भ्रष्ट सिस्टमलाई समर्थन गर्दिनँ


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमार्फत जवाफ फर्काएका छन् । सोमबार सिंहदरबारमा आयोजित एक बैठकमा ओलीले बालेनलाई लक्षित गर्दै उपस्थित नभएको टिप्पणी गरेका थिए ।

सोमबार साँझ बालेनले फेसबुकमार्फत् जवाफ फर्काउँदै ओलीलाई भ्रष्टाचारीको नाइके भएको आरोप लगाएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘ जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा ,देशको सबै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ , त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ? सरी केपी ओली । म भ्रष्ट सिस्टमलाई साथ दिन्नँ ।’

आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउन आयोजित बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नआएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न उठाएका थिए । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन्द्र साहले संघीय सरकारका औ‍पचारिक बैठक र छलफलमा सहभागिता जनाउने गरेका छैनन् ।

याे पनि…

सिंहदरबारमा बालेनको खोजी, प्रधानमन्त्रीले भने – आउँदैनन् भने अर्को पटकदेखि नाम काट्नू

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  १० : ५२ बजे

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका