ओलीलाई जवाफ फर्काउँदै बालेनले भने : भ्रष्ट सिस्टमलाई समर्थन गर्दिनँ « Khabarhub

ओलीलाई जवाफ फर्काउँदै बालेनले भने : भ्रष्ट सिस्टमलाई समर्थन गर्दिनँ


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमार्फत जवाफ फर्काएका छन् । सोमबार सिंहदरबारमा आयोजित एक बैठकमा ओलीले बालेनलाई लक्षित गर्दै उपस्थित नभएको टिप्पणी गरेका थिए ।

सोमबार साँझ बालेनले फेसबुकमार्फत् जवाफ फर्काउँदै ओलीलाई भ्रष्टाचारीको नाइके भएको आरोप लगाएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘ जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा ,देशको सबै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ , त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ? सरी केपी ओली । म भ्रष्ट सिस्टमलाई साथ दिन्नँ ।’

आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउन आयोजित बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नआएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न उठाएका थिए । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन्द्र साहले संघीय सरकारका औ‍पचारिक बैठक र छलफलमा सहभागिता जनाउने गरेका छैनन् ।

याे पनि…

सिंहदरबारमा बालेनको खोजी, प्रधानमन्त्रीले भने – आउँदैनन् भने अर्को पटकदेखि नाम काट्नू

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  १० : ५२ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार

आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट