आज २०८२ साल असार ५ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल असार ५ गते बिहीबारको राशिफल


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार ५ गते बिहीबार। असार कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ जुन १९ तारिख। द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस आज परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। अनावश्यक खर्च बढ्ने छ। आफन्तले भन्दा बाहिरका व्यक्तिको सहयोग प्राप्त हुनेछ। व्यापारमा लगानी नगर्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा थप मिहिनेतको खाँचो देखिन्छ। भूमि सम्बन्धी कारोबारबाट आंशिक लाभ हुनेछ।

वृष : दिन राम्रो छ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। धार्मिक भ्रमण हुने योग छ। यात्रा रमाइलो बन्ने छ। प्रेम सम्बन्ध र परिवारसँग भने खटपटी हुने जोखिम छ।

मिथुन : शिक्षाको क्षेत्रमा नाफा हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। कर्मचारी भए बढुवा हुने योग छ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले दिन रमाइलोसँग बित्ने छ।

कर्कट : दिन राम्रो छ। दीर्घकालीन योजना बन्ने योग छ। इज्जतका लागि सम्पत्ति भने खर्च गर्नु पर्नेछ। राजनीतिमा सचेत बन्नुपर्ने समय छ। परिवारमा सचेत भएर व्यवहार गर्नु उचित हुन्छ।

सिंह : दिन सामान्य छ। विरोधी साथीहरु सक्रिय छन्। सानो कुराले मनमा चिन्ता बढ्नेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने छ। शिक्षाको क्षेत्रमा भने मिहिनेतको फल प्राप्त हुनेछ।

कन्या : दिन राम्रो छ। कामको बोझ घट्दै जाने छ। विपक्षी साथीकोसमेत साथ मिल्ने योग छ। परिवारसँग रमाइलो घुमघामको तय हुनेछ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ।

तुला : दिन सामान्य छ। तपाईंले गरेको राम्रो कामको जस अरुले लिने छन्। सहकर्मीसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने छ। गोपनीयता भंग हुने जोखिम छ। संकटको समयमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ।

वृश्चिक : दिन राम्रो छ। बौद्धिक कामले मन शान्त बन्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुने छ। राज्यकाबाट जोगिएर काम गर्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन सामान्य छ। खानपानमा समस्या हुने जोखिम छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फलका लागि केही समय धैर्य बन्नु उचित हुनेछ। काम गर्नु अगाडि परिवारको सल्लाह लिनु उचित हुन्छ।

मकर : दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने छ। विपक्षी साथीको साथले महत्त्वपूर्ण काम बन्ने छ। राजनीतिको अप्ठेरो बाटोमा सुधार हुने छ। अभिभावकको साथ मिल्ने छ।

कुम्भ : दिन सामान्य छ। अनावश्यक यात्रामा खर्च हुने जोखिम छ। धार्मिक क्षेत्रमा मन जाने छ। दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्ने छ। परिवारसँगको सम्बन्ध सहज बन्ने छ।

मीन : मन खुशी हुने दिन छ। व्यापारमा सुधार आउने छ। राज्यका तर्फबाट श्रम शोषण गर्ने मान्छे सक्रिय भएकाले सचेत बन्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्ने छ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ४ : ५८ बजे

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको

कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेट, पार्टीभित्रको विवाद समाधानबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिक नेतृत्वसँग

कोइराला निवास पुगेर प्रचण्ड-माधवले भेटे शेखरलाई 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता

महिला सहमहामन्त्रीमा पाँच जनाको उम्मेदवारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सहमहामन्त्री