विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम | Khabarhub Khabarhub

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीस्थित सरस्वती माविका विद्यार्थीहलाई ‘हाउस वायरिङ’सम्बन्धी सीप सिकाइएको छ ।

बेनी नगरपालिकाको ‘वी क्यान, वी डु’ (हामी सक्छौँ, हामी गर्छौँ) कार्यक्रममार्फत सरस्वती माविको ८, ९ र १० कक्षाका विद्यार्थीलाई घर तथा भवनमा ‘वायरिङ’ गर्ने सीप सिकाइएको हो ।

बीस दिनसम्म सञ्चालन भएको तालिममा १९ जना विद्यार्थी सहभागी भएको प्रधानाध्यापक गुरुदत्त पौडेलले जानकारी दिए ।

बेनीका अर्जुन ढुङ्गानाले घर तथा भवनमा विद्युत् जडानसम्बन्धी सैद्धान्तिक र व्यवहारिक विषयमा सहजीकरण गरेका थिए ।

तालिममा सहभागी कक्षा ८ का विद्यार्थी जोन पुनले घर, समाजमा दिनानुदिन आवश्यक पर्ने व्यवहारिक सीप हासिल गर्न पाएकोमा खुसी व्यक्त गरे ।

तालिममा सिकेको आधारभूत सीपले घर, छिमेकमा आवश्यक पर्दा काम फुकाउन सक्ने र भविष्यमा आफैँ स्वरोजगार बन्न पनि सहयोग पुग्ने उनको भनाइ छ ।

विद्यालय समय सकिएपछि हरेक दिन अपराह्न ४ देखि ६ बजेसम्म विद्यालयमै तालिम सञ्चालन भएको थियो ।

माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विद्यालयमै सीप सिकाएर विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न बेनी नगरपालिकाले ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रम सञ्चालन गर्न बेनी नगरपालिकाका १६ वटा विद्यालयलाई एक–एक लाख रुपैयाँका दरले १६ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

बेनी नगरपालिकाको सामुदायिक विद्यालयका करिब ५०० जना विद्यार्थी सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको नगर प्रमुख सुरत केसीले बताए । (रासस)

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ७ : ३९ बजे

बागमतीमा बानियाँको १४ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ?

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन्

नेपालमा पहिलोपटक इन्टरनेसनल स्ट्रोक सम्मेलन हुँदै 

काठमाडौं– नेपालमा पहिलोपटक हिमालयन इन्टरनेसनल स्ट्रोक शिखर सम्मेलन आयोजना हुने

न्यासनल स्ट्रोक म्यानेजमेन्ट प्रोटोकल, २०२५ स्वीकृत 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्ट्रोकको (मस्तिष्कघात)  उपचारलाई व्यवस्थित र

‘कुलिङ पिरियड’मा गडबडीबारेको छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन

काठमाडौं– सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को