विभिन्न राजमार्गका ६ ठाउँमा सडक अवरुद्ध | Khabarhub Khabarhub

विभिन्न राजमार्गका ६ ठाउँमा सडक अवरुद्ध


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाढी र पहिरोका कारण देशका विभिन्न ६ स्थानमा सडक अवरुद्ध भएको छ ।

प्रहरी प्रधान कार्यालका अनुसार अन्य चार ठाउँमा भएको अवरोध एकतर्फी खुलाइएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब मानिरीक्षक विनोद घिमिरेले एकतर्फी खुलेका सडकलाई दुइतर्फी बनाउने र अवरुद्ध रहेका सडकलाई खुलाउने प्रयास जारी रहेको बताए ।

उनका अनुसार अहिले सिन्धपाल्चोकको भोटेकोशीमा पहिरोका कारण अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिकाको कोदारी, लार्चा र कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाढीले महेन्द्र राजमार्ग अवरुद्ध बनाएको छ । सो क्षेत्रमा अहिले गाडीको लामो लाइन छ । यात्रुहरु अलपत्र छन् ।

यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेमा पहिरो खसेर बेनी–जोमसोम सडक अवरुद्ध पारेको छ ।

यता डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा बाढीका कारण भेरी करिडोर पनि पूर्ण रुपमा अवरुद्ध रहेको र खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धनकुटाका साँगुरीगढी गाउँपालिका–५ को रवि–राके–भेटेटार सडक, काभ्रेको धुलिखेल नगरपालिका–११ बाँझोखेतमा बाढीले अवरुद्ध पारेको बीपी राजमार्ग एकतर्फी खुलाइएको छ ।

यस्तै, चितवनको इच्छाकामना गाउँपालिकाको पाँच तुइन खोला र नाम्सी पुलमा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक पनि एकतर्फ खुलाइएको छ ।

गुल्मीको कालिगण्डकी गाउँपालिका– ६ बर्लबामा पहिरो खस्दा अवरुद्ध भएको कालिगण्डकी करिडोर एकतर्फी खुलाइएको ।

जुम्लाको सिंजा गाउँपालिका–२ चुलेल गाउँमा पहिरो खस्दा अवरुद्ध जुम्ला–मुगु सडक एकतर्फी सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ । (रासस)

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  १२ : ०९ बजे

तेलुगु फिल्मका हास्य कलाकार फिश वेङ्कटको निधन

काठमाडौं– तेलुगु फिल्म क्षेत्रका चर्चित हास्य अभिनेता फिश वेङ्कटको निधन

हलगोरु पाल्ने २७५ किसानलाई गाउँपालिकाको अनुदान

तनहुँ- तनहुँकाे म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८१–८२ मा हल गोरु

महाकाली सामुदायिक वनको घुम्ती कोषले गरिबी घटाउँदै, रोजगारी बढाउँदै

कञ्चनपुर- कृष्णपुर नगरपालिका–६ बन्जरियास्थित महाकाली सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन काम भइरहेको छ : मन्त्री चौरसिया

काठमाडौं– कानून, न्याय तथा संसदीय मन्त्रालयले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐनअनुसार नियमावलीको

म्याग्दीका पशुपालक किसानलाई आर्थिक अनुदान

म्याग्दी– भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक