कृषि सामग्री ढुवानी गर्न किसानलाई ठेलागाडा सहयोग « Khabarhub

कृषि सामग्री ढुवानी गर्न किसानलाई ठेलागाडा सहयोग


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

रामपुर– कृषि सामग्री ओसारपसारका लागि किसानलाई ठेला गाडा वितरण गरिएको छ । रामपुर नगरपालिका– ६ नम्बर वडा कार्यालयले कृषि प्रवर्द्धन तथा किसान सम्मान कार्यक्रम अन्तरगत वडाभित्रका कृषि तथा पशुपालक किसानलाई ठेला गाडा उपलब्ध गराएको छ । 

वडाका ७५ जना किसानलाई शत प्रतिशत अनुदानमा ठेलागाडा वितरण गरिएको वडाध्यक्ष दिवाकर देवकोटाले जानकारी दिए। किसानलाई कृषि उत्पादन, मल बीउ, दाना, पराल ओसारपसारका लागि कृषि औजारको रुपमा ठेलागाडा वितरण गरिएको वडाध्यक्ष देवकोटा बताउँछन्।

वडा कार्यालयले विजयपुर कृषि सहकारी संस्थाको समन्वयमा कार्यक्रम गरी ठेलागाडा वितरण गरेको हो । नगर प्रमुख रमणबहादुर थापाले स–साना अनुदानका कार्यक्रम भन्दा अब बीउबिजन उत्पादन र स्वरोजगारका कार्यक्रमलाई अगाडि बढाइने बताए। 

यसैबीच, रामपुरका संस्थागत विद्यालयका विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरिएको छ । कालीगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टरले रामपुर नगरपालिका र सेवा फाउण्डेशनको आर्थिक सहयोगमा संस्थागत विद्यालयका विद्यार्थीलाई चस्मा वितरण गरेको हो ।

रामपुर अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय र भूपु सैनिक राईजिङ इङलिस बोर्डिङ स्कूलका एक सय १८ जना विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिएको सर्जिकल सेन्टरका व्यवस्थापक सुन्दर रानाले जानकारी दिए।

सामुदायिक विद्यालयका लागि विभिन्न सरकारी बजेट आए पनि संस्थागत विद्यालयका लागि नआउने भएकाले विद्यार्थीको स्वास्थ्य सुविधालाई दृष्टिगत गर्दै निःशुल्क आँखा जाँच तथा चस्मा वितरण गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए। 
 

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  १२ : १८ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल