धोबीखोलापछि बागमती पुगे प्रकाशमान, बाढीको जोखिम न्यूनिकरणमा चासो « Khabarhub

धोबीखोलापछि बागमती पुगे प्रकाशमान, बाढीको जोखिम न्यूनिकरणमा चासो


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहीबार बागमती  करिडोरको अनुगमन गरेका छन् । उपप्रधानमन्त्री सिंहसहित मन्त्रालयका सचिव, काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोलीले बिहानै सो क्षेत्रको निरीक्षण गरेको हो ।

उपप्रधानमन्त्री सिंहले वर्षा लागेसँगै बागमतीमा बाढीको सम्भावित जोखिम बारे स्थलगत निरीक्षण गरेर चासो व्यक्त गरेका छन् । वर्षा लागेसँगै बागमती नदिले पार्न सक्ने असर न्यूनिकरणका लागि  आवश्यक काम अघि बढाउन पनि उपप्रधानमन्त्री सिंहले मन्त्रालय मातहतका निकायलाई सचेत गराएका छन्  ।

टोलीले सुन्दरीजलदेखि गोकर्ण र माकलबारी क्षेत्रमा मन्त्रालय अन्तर्गत भइरहेका कामहरू, ढल व्यवस्थापन, बागमती सौन्दर्यकरण लगायतको अवलोकन गरेको छ । 

सो क्षेत्रमा अवलोकन गर्ने क्रममा उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत समितिलाई बागमतीलाई स्वच्छ बगाउन र ढल व्यवस्थापनका लागि  तत्काल आवश्यक कार्यअघि बढाउन निर्देशन दिए ।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल र काठमाडौं ३ का सांसद सन्तोष चालिसे शहरी विकास मन्त्रालयअन्तर्गत धेरै कामअघि बढेको भन्दै आभार व्यक्त गरेका थिए । नगर प्रमुख रिसालले नगरपालिकाले बागमती स्वच्छ बनाउन पालिकाभित्र गरिरहेको कामबारे जानकारी गराए। 

 काठमाडौं उपत्यकाको नदि र कोरिडोरको विषयलाई शहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरण र बाग्मती सभ्यता एकीकृत विकास समितिले हेर्दै आएको छ ।

उपप्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै काठमाडौं उपत्यकाका नदीनाला सफाइ र सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड दिँदै आएका छन् । यस वर्षको बजेटमा समेत शहरी विकास मन्त्रालयले उपत्यकाको नदीनाला संरक्षण र कोरिडोर विस्तारमा ३ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ । 

सो क्रममा काठमाडौं आयुक्त सुवास बस्नेतले गोकर्ण क्षेत्रको सुन्दरीजल सडकमा परेका घरहरूको क्षतिपूर्तिको विषयमा उपप्रधानमन्त्री सिंहलाई जानकारी गराएका थिए । 

उपप्रधानमन्त्री सिंहसँगै मन्त्रालयका सचिव गोपाल सिग्देलसहितको टोली, काठमाडौं उपत्यका विकास प्राधिकरणको काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेत, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका प्रतिनिधि सहभागि थिए । बुधबार उपप्रधानमन्त्री सिंहले विष्णुमतिको बुढानीलकण्ठ क्षेत्रको निरीक्षण गरेका थिए ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  १२ : ५० बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य