निजामतीसम्बन्धी विधेयकमा सरकारले खुट्टा नकमाओस् : राजेन्द्र पाण्डे  « Khabarhub

निजामतीसम्बन्धी विधेयकमा सरकारले खुट्टा नकमाओस् : राजेन्द्र पाण्डे 


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले निजामतीसम्बन्धी विधेयक पारित गर्न सरकारले प्रशासकहरूको धम्कीले खुट्टा कमाउन नहुने बताएका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले उच्च पदस्थ कर्मचारीले विधेयकमा गरिएको ‘कुलिङ पिरियड’ को व्यवस्थालाई हटाउन धम्की दिए पनि सरकारले खुट्टा कमाउन नहुने बताएका हुन् ।    

‘केही समय यता उच्च पदस्थ कर्मचारीहरूले सम्माननीय प्रधानमन्त्री, सरकारी क्षेत्रमा गएर, दबाब दिएर यो कुलिङ पिरियड खारेज गराउनका लागि संयुक्त राजीनामा दिन्छौँ भनेर धम्कीपूर्ण व्यवहार गर्दै अहिले यो विधेयक ल्याउनको लागि रोकावट भइराखेको कुरा मैले सुनेको छु,’ सांसद पाण्डेले भने, ‘सभामुख महोदय, सरकारले खुट्टा नकमाओस्, तुरुन्त ल्याओस् ।’ 

उनले ‘कुलिङ पिरियड’ कै कारण सचिवहरूले राजीनामा दिए पनि केही फरक नपर्ने बताए । सचिवहरूले राजीनामा दिए सहसचिवहरूले काम पाउने पनि जिकिर गरे । 

‘२५ जना सचिवहरूले राजीनामा दिन्छन् भने नयाँ सहसचिवले काम पाउँछन्,’ सांसद पाण्डेले भने, ‘नयाँ व्यक्तिहरूले जिम्मेवारी पाउँछन् । धम्कीको भरमा यस्ता नीति निर्माणलाई गर्न दिनुहुँदैन ।’

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  १ : ५२ बजे

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक जारी

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

गुल्मीमा ३८ जातका कफीको परीक्षण

गुल्मी– कफीखेतीका लागि अग्रणी जिल्ला गुल्मीमा ३८ जातका कफीको परीक्षण

चिलिमेमा उद्धारको आशा जाग्यो, विद्युत् गृह पुग्न १०० मिटर मात्रै बाँकी

काठमाडौं- गत भदौ १० गतेको बाढीले क्षतिग्रस्त रसुवास्थित चिलिमे जलविद्युत्