निजामतीसम्बन्धी विधेयकमा सरकारले खुट्टा नकमाओस् : राजेन्द्र पाण्डे  « Khabarhub

निजामतीसम्बन्धी विधेयकमा सरकारले खुट्टा नकमाओस् : राजेन्द्र पाण्डे 


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले निजामतीसम्बन्धी विधेयक पारित गर्न सरकारले प्रशासकहरूको धम्कीले खुट्टा कमाउन नहुने बताएका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले उच्च पदस्थ कर्मचारीले विधेयकमा गरिएको ‘कुलिङ पिरियड’ को व्यवस्थालाई हटाउन धम्की दिए पनि सरकारले खुट्टा कमाउन नहुने बताएका हुन् ।    

‘केही समय यता उच्च पदस्थ कर्मचारीहरूले सम्माननीय प्रधानमन्त्री, सरकारी क्षेत्रमा गएर, दबाब दिएर यो कुलिङ पिरियड खारेज गराउनका लागि संयुक्त राजीनामा दिन्छौँ भनेर धम्कीपूर्ण व्यवहार गर्दै अहिले यो विधेयक ल्याउनको लागि रोकावट भइराखेको कुरा मैले सुनेको छु,’ सांसद पाण्डेले भने, ‘सभामुख महोदय, सरकारले खुट्टा नकमाओस्, तुरुन्त ल्याओस् ।’ 

उनले ‘कुलिङ पिरियड’ कै कारण सचिवहरूले राजीनामा दिए पनि केही फरक नपर्ने बताए । सचिवहरूले राजीनामा दिए सहसचिवहरूले काम पाउने पनि जिकिर गरे । 

‘२५ जना सचिवहरूले राजीनामा दिन्छन् भने नयाँ सहसचिवले काम पाउँछन्,’ सांसद पाण्डेले भने, ‘नयाँ व्यक्तिहरूले जिम्मेवारी पाउँछन् । धम्कीको भरमा यस्ता नीति निर्माणलाई गर्न दिनुहुँदैन ।’

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  १ : ५२ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि