संसद्‌मा पलेँटी कसेर पुस्तक पढ्दै रास्वपा सांसद (तस्बिरहरू) « Khabarhub

संसद्‌मा पलेँटी कसेर पुस्तक पढ्दै रास्वपा सांसद (तस्बिरहरू)


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बिहीबारको बैठक चलिरहेको छ । बैठकमा विनियोजन विधेयक २०८२ का विभिन्न मन्त्रालयगत शीर्षकहरूमाथि छलफल भइरहेको छ । 

छलफलमा सत्ता पक्ष र प्रतिपक्षमा रहेका विभिन्न दलका सांसदहरू भाग लिइरहेका छन् । तर, भिजिट भिसा प्रकरणको विषय अघि सारेर आन्दोलनरत दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सदनमा फरक ढङ्गले प्रस्तुत भइरहेको छ ।

गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरण छानबिनका लागि समिति गठनको माग गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू पुस्तकहरू अध्ययन गरिरहेका छन् । 

अघिल्ला बैठकहरूमा वेल घेराउ गरेर नाराबाजी गर्दै आएका रास्वपाका सांसदहरू बिहीबार वेलमै पलेँटी कसेर पुस्तक पढी रहेका छन् । 

भिजिट भिसा प्रकरणमा रास्वपाजस्तै आन्दोलनरत अर्को प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने बैठक बहिष्कार गरेर सुरुवात मै सदनबाट बाहिरिएको थियो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ३ : ५५ बजे

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।