सभामुखलाई एकीकृत समाजवादीको प्रश्न- यसरी नै कहिलेसम्म संसद् चलाउने ? « Khabarhub

सभामुखलाई एकीकृत समाजवादीको प्रश्न- यसरी नै कहिलेसम्म संसद् चलाउने ?


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले सभामुख देवराज घिमिरेले अहिलेकै अवस्थामा जसरी संसद् बैठक कहिलेसम्म चलाउने भनेर प्रश्न गरेका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा चौथो ठूलो दलका सांसद वेलमा पलेँटी कसेर पुस्तक पढिरहेका र पाँचौँ ठूलो दलको बहिष्कारका बीच संसद् सञ्चालन भइरहेको भन्दै उनले यस्तो प्रश्न गरेका हुन् । 

‘हामीले यसरी सदन चलाउँदा कस्तो होला सभामुख महोदय, हामीले सोच्नुपर्ने होइन र ? यसरी नै सदन चल्दा कस्तो संस्कार बसाल्ने हो हामीले आज ?,’ प्रश्न गर्दै सांसद जोशीले भने, ‘त्यसैले म भन्न चाहन्छु– कमसेकम यो संसद्को चौथो ठूलो राजनीतिक दल रास्वपा, पाँचौँ ठूलो दल राप्रपासँग समन्वय नगरी, छलफल नगरी के अनन्त यसरी नै जान्छ सभामुख महोदय ?’।

उनले चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोधका बीच संसद् बैठक सञ्चालन हुँदा आफूलाई निकै अप्ठ्यारो लागिरहेको पनि बताए । 

‘आज हामी आर्थिक वर्ष ०८३–०८३ को बजेटका सन्दर्भमा छलफल गरिराखेका छौँ । कता–कता मलाई निकै अप्ठ्यारो पनि लागिरहेको छ,’ सांसद जोशीले भने, ‘यो संसद्को चौथो ठूलो राजनीतिक दल आज तल पलेँटी कसेर बसिराखेको छ । पाँचौ ठूलो दल राप्रपा पनि बहिष्कार गरेर हिँडेको छ ।’

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ४ : ४४ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको