रिहा भएपछि रवीन्द्र मिश्रले भने- न्यायालयप्रति आभारी छु « Khabarhub

रिहा भएपछि रवीन्द्र मिश्रले भने- न्यायालयप्रति आभारी छु


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र न्यायालयप्रत आभार व्यक्त गरेका छन् । झण्डै तीन महिनापछि सामाजिक सञ्जालमा फर्किएका मिश्रले जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको तेस्रो दिन बिहीबार न्यायालयले न्याय दिएको भन्दै आभार व्यक्त गरेका हुन् । 

८२ दिनपछिको पोस्ट भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘राज्य (राजनीतिक नेतृत्व) ले प्रतिशोध साँध्न भरमग्दुर प्रयास गर्दागर्दै पनि अस्ति जिल्ला अदालत, काठमाडौंले मलाई न्याय दिएको छ, यद्यपि लामो कानुनी प्रक्रिया बाँकी नै छ । केही समयअघि बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले त्यसैगरी न्याय दिएको थियो । म न्यायालयप्रति आभारी छु ।’ 

निर्दोषहरूले न्याय पाउने नैसर्गिक अधिकारमा राजनीतिको छाया कहिल्यै नपरोस् भन्दै मिश्रले न्यायालय सदा स्वतन्त्र रहोस् भन्दै कामना पनि गरेका छन् । 

‘५० दिनको हिरासत बसाइ र त्यसपछि एक महिनाको असहज स्थितिपछि म अहिले सामान्य अवस्थामा फर्किएको छु । यी कठिन दिनहरूमा मलाई निःस्वार्थ ढङ्गबाट आत्म विश्वास दिने, साथ र समर्थन दिने देश–विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति मैले जति आभार प्रकट गरे पनि पुग्दैन,’ उनले लेखको छन्, ‘सशक्त अधिवक्ताहरूको दरो र निःस्वार्थ साथ नभइदिएको भए आजको स्थिति सम्भव हुने थिएन । सबैलाई नमन गर्दछु !’

मिश्रले ५० दिने हिरासत बसाइँका क्रममा ३५ भन्दा बढी कविताहरू लेखेको पनि उल्लेख गरेका छन् । ‘अब म सबैसँग सामान्य अवस्थामा जस्तै सम्पर्कमा रहने नै छु,’ उनले भनेका छन्, ‘५० दिनको हिरासत बसाइमा ३५ वटाभन्दा बढी कविता लेखेको रहेछु । तीमध्ये कुनैकुनै सामाजिक सञ्जालमा प्रेषित गर्ने नै छु ।’

देशको दीर्घकालीन हित र समग्र रूपान्तरणप्रतिको आफ्नो अटल विश्वास र दृढतामा कुनै कमी नआएको भन्दै मिश्रले भावी कानुनी सङ्घर्षमा पनि न्यायालयबाट न्याय पाउनेमा विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ५ : ०९ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै