सन्तोषनारायणको निवेदन खारेज, अनलाइनले समाचार हटाउनु नपर्ने « Khabarhub

सन्तोषनारायणको निवेदन खारेज, अनलाइनले समाचार हटाउनु नपर्ने


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला अदालत काठमाडौंले नेपालखबर डटकम र बिजमान्डु डटकमले प्रकाशित गरेका समाचार ‘डिलिट’ (मेटाउनु) गर्नुपर्ने भन्दै यसअघि दिएको आदेश खारेज गरेको छ ।

न्यायाधीश श्यामबिहारी मौर्यको इजलासले बिहीबार ती दुवै अनलाइनमा प्रकाशित समाचार मेटाउनुपर्ने यसअघिको आदेश खारेज गरेको हो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको निषेधाज्ञाको निवेदन खारेज भएसँगै सञ्चारमाध्यमहरूले समाचार मेटाउनु नपर्ने भएको छ ।

यसअघि जिल्ला अदालतका अर्का न्यायाधीश पिताम्बर शर्माको इजलासले दुवै सञ्चारमाध्यमहरूलाई समाचार मेटाउन आदेश दिएको थियो ।

सन्तोषनारायणले आफ्नो व्यक्तिगत जीवन र चरित्रमा ती दुवै अनलाइको समाचारका कारण गम्भीर क्षति पुगेको भन्दै जिल्ला अदालतमा निवेदन हालेका थिए ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ५ : ५७ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको