अर्थसंक्षेप : आईटी कम्पनीले कमाएको ५० प्रतिशत विदेशमा लगानी गर्न पाउने, दैलेखमा अर्बौं मूल्यको मिथेन ग्यास र अन्तिम कारोबारको दिन घट्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : आईटी कम्पनीले कमाएको ५० प्रतिशत विदेशमा लगानी गर्न पाउने, दैलेखमा अर्बौं मूल्यको मिथेन ग्यास र अन्तिम कारोबारको दिन घट्यो नेप्से


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

आईटी कम्पनीले कमाएको ५० प्रतिशत विदेशमा लगानी गर्न पाउने

सूचना प्रविधि क्षेत्रका काम गर्दै आएका उद्योगले आफूले आम्दानी गरेको विदेशी मुद्रा विदेशमा लगानी गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा चौथो संशोधन गर्दै सो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले पछिल्ला तीन वर्षमा सूचना प्रविधि उद्योगले आफ्नो सेवा निर्यात गरेर विदेशी मुद्रा आर्जन गरेका उद्योगले सो सेवा प्राप्त गर्नसक्ने विनियमावलीमा व्यवस्था गरेको छ ।

विनियमालीमा गरिएको नयाँ व्यवस्थाअनुसार ‘सूचना प्रविधि उद्योगले विदेशमा लगानी गर्न प्राप्त गर्ने विदेशी मुद्राको अधिकतम सीमा उक्त उद्योगले पछिल्ला तीन आर्थिक वर्षहरूमा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गरी आर्जन गरेको औसत विदेशी मुद्राको ५० प्रतिशत वा अमेरिकी डलर १० लाख वा सो बराबरको विदेशी मुद्रासम्म (दुई मध्ये न्यून) हुनेछ’, भन्ने व्यवस्था गरेको छ ।

स्वस्तिक लघुवित्तले पायो आईपीओ बिक्री गर्ने अनुमति 

अमेरिकाले नेपालमा एमसीसी जारी राख्न खोजेकै हो ?

नेपालस्थित अमेरिकी दूतावासले हिजो (४ असार, तदनुसार जुन १८ मा) नेपालमा कार्यान्वयन भइरहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपालका तर्फबाट एक वक्तव्य जारी गर्‍यो ।

‘एमसीसी नेपालको वक्तव्य’ शीर्षकमा तीन अनुच्छेदको उक्त वक्तव्य सार्वजनिक हुनेबित्तिकै सम्बन्धित लिङ्क दूतावासले नेपालका केही पत्रकारहरूलाई पनि पठायो ।

वक्तव्यको पहिलो अनुच्छेदमा लेखिएको छ – ‘फेब्रुअरी २०२५ मा अमेरिकी विदेशमन्त्रीले वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला लागु गरिएको ९०-दिने रोकमा एमसीसी नेपाल कम्प्याक्टका लागि विशेष अपवाद प्रदान गर्दै एमसीसीको निरन्तर कार्यान्वयनलाई स्वीकृति दिनुभएको थियो । यस अपवादले एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई समीक्षा अवधिमा पनि निरन्तर अगाडि बढाउन स्वीकृत प्रदान गरेको छ । एमसीसी र नेपालस्थित अमेरिकी दूतावास सरोकारवालासँग सहकार्य र संवाद गर्दै यस समिक्षाको सकारात्मक परिणामका लागि प्रयत्नरत छन् ।’

साताको अन्तिम कारोबारको दिन घट्यो नेप्से

मधेश सरकारद्वारा स्थानीय तहलाई दुई अर्ब बजेट

उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन् ।

बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले सरकारले आगामी आर्थिक वर्षदेखि उखु किसानलाई दिँदै आइएको प्रतिक्विन्टल रु ७० को उत्पादन अनुदान खारेज गर्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै उक्त अनुदान नरोक्न सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सरकारलाई अल्टिमेटम दिँदै व्यवसायीले खोले सुनचाँदी पसल (तस्बिरहरू)

सुनचाँदी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । बुधबार सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त राष्ट्रिय भेलाले हाल जारी आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो ।

केही दिनयता काठमाडौं र बागमती प्रदेशमा गरिएका पसल बन्द माग सम्बोधन नभए पनि बिहीबारदेखि खुला गरिएको महासंघले जनाएको छ ।

रैथाने धान लगाउने किसानलाई  प्रतिमुरी  एकहजार अनुदान

दैलेखमा ठूलो मात्रामा मिथेन ग्यास हुनसक्ने प्रारम्भिक अनुमान

पेट्रोलियम पदार्थको अनुसन्धानको क्रममा दैलेखमा ठूलो मात्रामा मिथेन ग्यास रहेको हुनसक्ने देखिएको छ । खानी तथा भूगर्भ विभागका प्रवक्ता दिनेशकुमार नापितका अनुसार चिनियाँ पक्षले लामो समयदेखि गरेको अनुसन्धानले दैलेखमा ठूलो मात्रामा ग्यास रहेको हुनसक्ने देखाएको हो ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानले एक अर्ब १२ करोड घनमिटर क्षेत्रफलमा मिथेन ग्यास रहेको हुनसक्ने देखिएको छ । तर, ग्यासको व्यावसायिक उत्पादनको विषयमा भने थप अनुसन्धान गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ६ : ५१ बजे

प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोन भोलि भेट्दै 

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन

खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र

खोटाङ– महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष विमला राईले सञ्चालन गरेको

तुलसी घिमिरेको ‘पहाड’ नयाँ वर्षमा आउने

काठमाडौं – तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’को प्रदर्शन

इजरायलमा वार्षिक मूल्यवृद्धि दरमा उल्लेखनीय गिरावट

एजेन्सी– इजरायलको वार्षिक मुद्रास्फीति दर जनवरी महिनामा घटेर एक दशमलव

काठमाडौं-५ मा प्रमुख दलका नेताकै बढी चर्चा

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण