तत्कालीन निर्देशक ठाकुरसहित नौविरुद्ध भ्रष्टाचार मुद्दा, पौने दुई करोड बिगो « Khabarhub

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍मा अनियमितता :

तत्कालीन निर्देशक ठाकुरसहित नौविरुद्ध भ्रष्टाचार मुद्दा, पौने दुई करोड बिगो


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का कार्यकारी निर्देशक बलराम ठाकुरसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । निजहरूविरुद्ध आयोगले एक करोड ७५ लाख ६७ हजार रुपैयाँभन्दा बढी रकम बिगो कायम गरेको छ ।

ठाकुसहित बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का लेखापाल सावित्री गिरी, परिषद्‍का प्रशासकीय अधिकृत चिरंजीबीराज शर्मा ढुङ्गाना, कम्प्यूटर अधिकृत कृष्ण मुरारी सिंह, परिषद्‍का सवारीचालक विक्की कुमार चौधरी, उपभोक्ता समिति अध्यक्ष विजयकुमार यादव र कोषाध्यक्ष बविता देवी साह, ठेकेदार जितेन्द्र कुमार यादव र ठाकुरकी पत्नी इन्दुलेखा कुमारी ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

ठाकुर २०७५ मङ्सिर ५ देखि २०७९ मङ्सिर ४ सम्म परिषद्‌का कार्यकारी निर्देशक थिए । ठाकुर कार्यकारी निर्देशक रहँदा कोषमा व्यापक भ्रष्टाचार भएको समाचार सार्वजनिक हुने गरेको थियो । सुविधा दुरुपयोग, सरकारी छाप र दस्तखत नै कीर्ते गरी ठगी गरेको लगायत आरोप ठाकुरसहितविरुद्ध लागेको थियो ।

बृहत्तरबाट भएको विभिन्न निर्माण सम्बन्धीको काममा व्यापक अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा अख्तियारले २०७९ भदौ २० गते परिषद्‌मा छापा हानी कागजात नियन्त्रणमा लिएको थियो ।

सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख रुपैयाँ हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा धनुषामा जाहेरी परेपछि ठाकुरलाई गत पुस मसान्तमा ललितपुरको भैंसेपाटीबाट प्रहरीले पक्राउ गरेको थियो ।

ठाकुरले बिना प्रक्रिया परिषद्‍को रकम खर्च गरेको, स्करपियो गाडी खरिद गरी बिक्री गर्दा अनियमितता गरेको भन्नेसमेत व्यहोराको उजुरी अख्तियारमा परेको थियो ।

उक्त उजुरीबारे अनुसन्धान हुँदा कार्यकारी निर्देशकको पदमा कार्यरत अवधिमा ठाकुर लगायतले परिषद्‌मा अनेक आर्थिक अनियमितता गरेको पाइएको आयोगले जनाएको छ ।

यो पनि पढ्नुहोस् :

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक ठाकुर ५ दिन हिरासतमा रहने

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍मा हिनामिना, तत्कालीन निर्देशक र कर्मचारीविरुद्ध पक्राउ पुर्जी

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियारको छापा

यस्तो छ अख्तियारले दायर गरेको आरोपपत्रः

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ६ : ३७ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना