तत्कालीन निर्देशक ठाकुरसहित नौविरुद्ध भ्रष्टाचार मुद्दा, पौने दुई करोड बिगो | Khabarhub Khabarhub

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍मा अनियमितता :

तत्कालीन निर्देशक ठाकुरसहित नौविरुद्ध भ्रष्टाचार मुद्दा, पौने दुई करोड बिगो


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


939
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का कार्यकारी निर्देशक बलराम ठाकुरसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । निजहरूविरुद्ध आयोगले एक करोड ७५ लाख ६७ हजार रुपैयाँभन्दा बढी रकम बिगो कायम गरेको छ ।

ठाकुसहित बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का लेखापाल सावित्री गिरी, परिषद्‍का प्रशासकीय अधिकृत चिरंजीबीराज शर्मा ढुङ्गाना, कम्प्यूटर अधिकृत कृष्ण मुरारी सिंह, परिषद्‍का सवारीचालक विक्की कुमार चौधरी, उपभोक्ता समिति अध्यक्ष विजयकुमार यादव र कोषाध्यक्ष बविता देवी साह, ठेकेदार जितेन्द्र कुमार यादव र ठाकुरकी पत्नी इन्दुलेखा कुमारी ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

ठाकुर २०७५ मङ्सिर ५ देखि २०७९ मङ्सिर ४ सम्म परिषद्‌का कार्यकारी निर्देशक थिए । ठाकुर कार्यकारी निर्देशक रहँदा कोषमा व्यापक भ्रष्टाचार भएको समाचार सार्वजनिक हुने गरेको थियो । सुविधा दुरुपयोग, सरकारी छाप र दस्तखत नै कीर्ते गरी ठगी गरेको लगायत आरोप ठाकुरसहितविरुद्ध लागेको थियो ।

बृहत्तरबाट भएको विभिन्न निर्माण सम्बन्धीको काममा व्यापक अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा अख्तियारले २०७९ भदौ २० गते परिषद्‌मा छापा हानी कागजात नियन्त्रणमा लिएको थियो ।

सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख रुपैयाँ हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा धनुषामा जाहेरी परेपछि ठाकुरलाई गत पुस मसान्तमा ललितपुरको भैंसेपाटीबाट प्रहरीले पक्राउ गरेको थियो ।

ठाकुरले बिना प्रक्रिया परिषद्‍को रकम खर्च गरेको, स्करपियो गाडी खरिद गरी बिक्री गर्दा अनियमितता गरेको भन्नेसमेत व्यहोराको उजुरी अख्तियारमा परेको थियो ।

उक्त उजुरीबारे अनुसन्धान हुँदा कार्यकारी निर्देशकको पदमा कार्यरत अवधिमा ठाकुर लगायतले परिषद्‌मा अनेक आर्थिक अनियमितता गरेको पाइएको आयोगले जनाएको छ ।

यो पनि पढ्नुहोस् :

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक ठाकुर ५ दिन हिरासतमा रहने

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍मा हिनामिना, तत्कालीन निर्देशक र कर्मचारीविरुद्ध पक्राउ पुर्जी

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियारको छापा

यस्तो छ अख्तियारले दायर गरेको आरोपपत्रः

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ६ : ३७ बजे

भोजपुरको ‘शङ्खामचुली दिमालुङ पदमार्ग’ पर्यटकको आकर्षक गन्तव्य

भोजपुर- भाेजपुरकाे हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग

गाडीले किचेर एकजनाको मृत्यु

दाङ– दाङको देउखुरीमा गाडीले किचेर आइतबार बिहान एकजनाको मृत्यु भएको

चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च

चितवन-  चितवन जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा

गाजामा कुपोषणका कारण मृत्यु बढ्यो

गाजा – इजरायलले गाजामा मान्छे मार्नेक्रम रोकिएको छैन। शनिबार मात्र

वन्यजन्तु जोगाउन संरक्षण पाठशाला सञ्चालन

भरतपुर– चितवनमा वन्यजन्तु, बासस्थान संरक्षण र प्रदूषण नियन्त्रणसम्बन्धी सचेतना कक्षा