असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए  « Khabarhub

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए 


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सिरियाली युद्धका क्रममा आफ्नो देश छोडेर भागेका २० लाखभन्दा बढी सिरियाली नागरिक स्वदेश फर्केका छन् ।

बशर अल असदलाई सत्ताच्युत गरिएपछि आफ्नो देशको युद्धका क्रममा आफ्नो देश छोडेर भागेका २० लाखभन्दा बढी सिरियाली नागरिक स्वदेश फर्केको बिहीबार संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोगका प्रमुख फिलिप्पो ग्रान्डीले बताएका छन् ।
 
सन् २०११ मा असदले सरकार विरोधी प्रदर्शनमाथि निर्मम दमन गरेपछि सुरु भएको सिरियाली गृहयुद्धले आधा जनसङ्ख्यालाई आन्तरिक वा बाह्य रूपमा विस्थापित गरेको थियो ।
 
गत बर्षको डिसेम्बर ८ मा इस्लामिक शक्तिहरूको विद्रोहबाट असद सत्ताच्युत भएपछि विस्थापित नागरिकको पुनः आगमनको आशा जागेको छ । 
 
‘डिसेम्बरयता २० लाखभन्दा बढी सिरियाली शरणार्थी र विस्थापितहरू घर फर्केका छन्,’ ग्रान्डीले छिमेकी लेबनानको भ्रमणका क्रममा एक्समा लेखेका छन् ।

उनले भने, ‘बढ्दो क्षेत्रीय तनावका बीच यो आशाको संकेत हो ।’
 
 चौध वर्षको युद्धपछि फर्केका थुप्रै मानिसहरूले आफ्नो घर र सम्पत्ति नराम्ररी बिग्रिएको वा नष्ट भएको वास्तविकताको सामना गर्नुपरेको छ।
 
हालै सिरियामाथि पश्चिमा मुलुकले लगाएको प्रतिबन्ध हटेसँगै नयाँ अधिकारीहरूले पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गरेका छन्, जसमा संयुक्त राष्ट्रसङ्घले ४०० अर्ब डलरभन्दा बढी खर्च हुने अनुमान गरेको छ ।
 
यसै महिनाको सुरुमा यूएनएचसीआरले सन् २०२५ को अन्त्यसम्ममा विदेशबाट १५ लाख सिरियाली र आन्तरिक रुपमा विस्थापित २० लाख व्यक्ति फर्कन सक्ने अनुमान गरेको थियो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ७ : ०५ बजे

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर