मेटमणिलाई संकट, अघि बढ्यो साढे ५ करोडको चेक अनादार मुद्दा « Khabarhub

मेटमणिलाई संकट, अघि बढ्यो साढे ५ करोडको चेक अनादार मुद्दा


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अध्यक्ष माधवकुमार नेपाल भ्रष्टाचार मुद्दामा सांसद पदबाट निलम्बित भएको अवस्थामा नेकपा एकीकृत समाजवादीका अर्का नेतालाई पनि संकट आइ परेको छ ।

२०७९ को निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीलाई ठगीसम्बन्धी मुद्दाको संकट आइलागेको हो ।

समाजवादीका उपमहासचिवसमेत रहेका चौधरीविरुद्ध बैंकिङ कसुरसम्बन्धी आरोपसहित जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी परेको छ ।

पूर्वमन्त्रीसमेत रहेका उनीविरुद्ध एभरेष्ट बैंकबाट भुक्तानी गर्ने गरि काटिएको ५ करोड ४० लाख रुपैयाँको चेक अनादरमा मुद्दा प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सांसद चौधरीविरुद्ध हुलाकमार्फत् चेक अनादरसम्बधी जाहेरी आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुन तिमल्सिनाले बताएका छन् ।

उनीविरुद्ध रोल्पाका एकजना ठेकेदार धात बुढामगरले हुलाकबाट प्रहरीमा जाहेरी दर्ता गराएका हुन् । स्रोतका अनुसार सहरी विकास मन्त्री भएको समयमा उनले ठेक्कासहितको योजना मिलाइदिने भन्दै रकम लिएका थिए ।

तर, उनले भनेअनुसार काम र योजना नमिलेपछि व्यवासयीले रकम फिर्ता माग गरेका थिए । त्यहीक्रममा चौधरीले रकम फिर्ताका लागि काटेको चेक नै साटिएन । उक्त चेकबाट रकम ननिस्केपछि चौधरीविरुद्ध उजुरी परेको हो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ७ : ११ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको