नेदरल्याण्ड्सविरुद्ध टस जितेको नेपालले पहिले बलिङ रोज्यो « Khabarhub

नेदरल्याण्ड्सविरुद्ध टस जितेको नेपालले पहिले बलिङ रोज्यो


५ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्कटल्याण्डमा जारी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजअन्तर्गत बुधबार नेदरल्याण्ड्सविरुद्ध हुन लागेको खेलमा नेपालले टस जितेको छ ।

नेपालका कप्तान रोहितकुमार पौडेलले स्कटल्याण्डको ग्लासगोमा टस जितेर पहिले बलिङमा जाने निर्णय लिएका हुन् ।

नेपाली टोलीमा मंगलबार स्कटल्याण्डविरुद्ध उत्रिउका ३ खेलाडीलाई आराम दिइएको छ। स्कटल्याण्डविरुद्ध खेलेका किरण ठगुन्ना, बसिर अहमद र अनिल साह बेन्च बसेका छन् । प्रशिक्षकले भीम सार्की, आरिफ शेख र आसिफ शेखलाई अवसर दिएका छन् ।

नेपालले यसअघि २ मध्ये १ मा जित र १ मा हार भोगेर २ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । सिरिजको अन्तिम खेल खेलिसकेको नेदरल्याण्ड्स ४ अंकसहित शीर्षमा छ ।

सिरिजको पहिलो खेला सोमबार नेदरल्याण्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हराएको थियो ।

अब नेपालले सिरिजको अन्तिम खेल शुक्रबार स्कटल्याण्डसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगपछि शीर्ष टोली च्याम्पियन हुनेछ ।

नेपाली टोली

कुशल भुर्तेल, लोकेश बम, आसिफ शेख, भीम सार्की, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, रुपेश सिंह, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ७ : ३७ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२