नेदरल्याण्ड्सविरुद्ध टस जितेको नेपालले पहिले बलिङ रोज्यो « Khabarhub

नेदरल्याण्ड्सविरुद्ध टस जितेको नेपालले पहिले बलिङ रोज्यो


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्कटल्याण्डमा जारी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजअन्तर्गत बुधबार नेदरल्याण्ड्सविरुद्ध हुन लागेको खेलमा नेपालले टस जितेको छ ।

नेपालका कप्तान रोहितकुमार पौडेलले स्कटल्याण्डको ग्लासगोमा टस जितेर पहिले बलिङमा जाने निर्णय लिएका हुन् ।

नेपाली टोलीमा मंगलबार स्कटल्याण्डविरुद्ध उत्रिउका ३ खेलाडीलाई आराम दिइएको छ। स्कटल्याण्डविरुद्ध खेलेका किरण ठगुन्ना, बसिर अहमद र अनिल साह बेन्च बसेका छन् । प्रशिक्षकले भीम सार्की, आरिफ शेख र आसिफ शेखलाई अवसर दिएका छन् ।

नेपालले यसअघि २ मध्ये १ मा जित र १ मा हार भोगेर २ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । सिरिजको अन्तिम खेल खेलिसकेको नेदरल्याण्ड्स ४ अंकसहित शीर्षमा छ ।

सिरिजको पहिलो खेला सोमबार नेदरल्याण्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हराएको थियो ।

अब नेपालले सिरिजको अन्तिम खेल शुक्रबार स्कटल्याण्डसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगपछि शीर्ष टोली च्याम्पियन हुनेछ ।

नेपाली टोली

कुशल भुर्तेल, लोकेश बम, आसिफ शेख, भीम सार्की, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, रुपेश सिंह, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ७ : ३७ बजे

‘गगनलाई सभापति बनाएर नयाँ भिजनका साथ अगाडि बढेका छौँ, देशको मुहार उज्यालो बनाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काङ्ग्रेस अब थप दृढता

पार्टीले निष्ठालाई महत्त्व दिएको भए म पनि कांग्रेस हुन्थे होला : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

मैले गगनजीलाई भन्ने गर्थेँ कुनैदिन तपाईंले देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले विगतमा नेपाली

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

बारा– बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

राँझा– भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बर्सेनि बढ्दो क्रममा छ