इरानले ठूलो मूल्य चुकाउनु पर्ने नेतन्याहूको चेतावनी « Khabarhub

इरानले ठूलो मूल्य चुकाउनु पर्ने नेतन्याहूको चेतावनी


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा इरानले क्षेप्यास्त्र आक्रमण गरेपछि ‘ठूलो मूल्य चुकाउनु पर्ने’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताएका छन् ।

“आज बिहान इरानका ‘आतङ्ककारी तानाशाह’हरूले सोरोका अस्पताल र नागरिकहरूमाथि क्षेप्यास्त्र प्रहार गरेका छन् । हामी तेहरानमा तानाशाहहरूलाई ठूलो मूल्य चुकाउन बाध्य पार्नेछौँ,” नेतन्याहूले बिहीबार एक्समा गरेको एक पोस्टमा उल्लेख छ ।

इरानको दक्षिणी शहर बेर्शेबामा रहेको सोरोका अस्पतालमा बिहीबार बिहान दर्जनौं ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएपछि आगलागी भएको थियो।

अस्पतालका निर्देशक श्लोमी कोदेशले केही दिनयता खाली गरिएको सर्जिकल भवनमा आक्रमण भएको र ४० जना घाइते भएको जानकारी दिए ।

उनले भने, “धेरै वार्डहरू पूर्ण रूपमा ध्वस्त भएका छन् र सम्पूर्ण अस्पतालमा व्यापक क्षति पुगेको छ र मेडिकल केन्द्रका भवन, झ्याल, छतलगायतका अन्य संरचनाहरूमा क्षति पुगेको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ८ : ५४ बजे

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर