नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट « Khabarhub

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । आज नै टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका भीम सार्की २७ रन बनाएर आउट भएका हुन् । १६ बलको सामना गरेका भीमले २ चौका र एक छक्का सहित २७ रन बनाए ।

यसअघि ओपनर आसिफ शेख ७ रन बनाएर आउट भएका थिए । ९ ओभरको खेल सकिँदा नेपालले दुई विकेटको क्षतिमा ८० रन बनाएको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि माइकल लेविटले शानदार अर्धशतक प्रहार गरेका छन् । ५३ बलको सामना गरेका उनले ६ चौका र ५ छक्कासहित ८६ रन बनाए । उनलाई नेपालका करण केसीले पेभेलियनको बाटो देखाएका थिए ।

त्यस्तै रोएलफ भ्यान डेर मेर्वेले नटआउट ३६ रन बनाउँदा आर्यन दत्तले १७, साकिब जुल्फिकार १४ रनको योगदान दिए ।

नेपालका लागि करण केसीले दुई विकेट लिए । चार ओभर बलिङ गरेका करणले ४० रन खर्चिए । त्यस्तै दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश कुमार सिंहले एक एक विकेट लिए ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  १० : १६ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले

पूर्वप्रधानमन्त्री ओलीको आज शल्यक्रिया हुँदै

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको

सलहेश फूलबारी मेलामा भक्तजनको चहलपहल

सिरहा– नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष वैशाख १ गते