नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक « Khabarhub

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक


५ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । उनले ३८ बलमा अर्धशतक पूरा गरेका हुन् । यस क्रममा उनले ६ चौका प्रहार गरे । टी–२० अन्तराष्ट्रियमा भुर्तेलको यो ११ औं अर्धशतक हो ।

११ ओभरको खेल सकिँदा नेपालले तीन विकेटको क्षतिमा ९८ रन बनाएको छ । नेपालका लागि भीम सार्की २७ रन बनाएर आउट हुँदा आसिफ शेखले मात्र ७ रन बनाउन सके । कप्तान रोहित पौडेलको ब्याट आजको खेलमा चल्न सकेन । ७ बलको सामना गरेका रोहित ५ रन बनाएर आउट भएका छन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि माइकल लेविटले शानदार अर्धशतक प्रहार गरेका छन् । ५३ बलको सामना गरेका उनले ६ चौका र ५ छक्कासहित ८६ रन बनाए । उनलाई नेपालका करण केसीले पेभेलियनको बाटो देखाएका थिए ।

त्यस्तै रोएलफ भ्यान डेर मेर्वेले नटआउट ३६ रन बनाउँदा आर्यन दत्तले १७, साकिब जुल्फिकार १४ रनको योगदान दिए ।

नेपालका लागि करण केसीले दुई विकेट लिए । चार ओभर बलिङ गरेका करणले ४० रन खर्चिए । त्यस्तै दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश कुमार सिंहले एक एक विकेट लिए ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  १० : २९ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२