१३८ अङ्कको उछालसहित करिब ६० अर्बको कारोबार | Khabarhub Khabarhub

साताको शेयर बजार

१३८ अङ्कको उछालसहित करिब ६० अर्बको कारोबार


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मौद्रिक नीतिपछि आएको शेयर बजारमा उछाल आएको छ । यो साता अर्थात असार २९ गतेदेखि साउन १ गतेसम्म भएको सातामा शेयर बजार उच्च अङ्कको वृद्धि देखिएको छ ।

अघिल्लो साता नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति ल्याउँदा शेयर बजारको लागि लचिलो मौद्रिक नीति ल्याएको थियो ।

सोही कारण शेयर बजारमा उछाल आएको छ । मौद्रिक नीति आएसँगै चालु आर्थिक वर्ष सुरु हुनसाथ लागू भएको छ । बजारमा सकारात्मक प्रभाव देखिएको छ ।

सातामा शेयर बजारमा १३८ अङ्कले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वृद्धिसँगै बजारमा उछाल आएको हो । अघिल्लो साताको अन्तिम शेयर बजार अर्थात् अघिल्लो बिहीबार २७३१.८० विन्दुमा रहेको नेप्से परिसूचक ५ दिनमा १३८.८३ अङ्कले बढेर यो साताको बिहीबारसम्म आइपुग्दा २८७०.६३ विन्दुमा पुगेको छ ।

दैनिक औसतमा नेप्से २७.७६६ अङ्कले बढेको छ । सोमबार ३५ अङ्कले घट्ने बाहेक अन्य ४ दिन बजारमा उच्च अङ्कको वृद्धि देखिएको छ ।

सातामा करिब ६० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । पूरै ५ दिनको अवधिमा ५९ अर्ब ६३ करोड ४६ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औसतमा ११ अर्ब ९२ करोड ६९ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सातामा १६ करोड १९ लाख ५७ हजार ५४५ कित्ता शेयर कारोबार हुँदा दैनिक औसतमा ३ करोड २९ लाख ९१ हजार ५०९ कित्ता शेयर कारोबार भएको छ ।

पूरै ५ दिनको अवधिमा ४ लाख ९३ हजार १२ पटक शेयर किनबेच हुँदा दैनिक औसतमा ९८ हजार ६०२ पटक शेयर किनबेच भएको छ । यो साता दैनिक औसतमा ३१८ वटा कम्पनी कारोबारमा आएको छ ।

कुन दिन कस्तो थियो बजार ?

मौद्रिक नीति आएपछिको पहिलो शेयर बजारमा उछाल आएको थियो । आइतबार नेप्से परिसूचक २९ अङ्कले बढेर २७६०.८० विन्दुमा कायम भएको थियो । उक्त दिन नेप्से १.०६ प्रतिशतले बढ्दा बजारमा ४२ अङ्कको उतारचढाव देखिएको थियो ।

उक्त दिन नेप्से परिसूचक उच्चतम २७९८.५७ विन्दु र न्यूनतम २७५७.८९ विन्दु कायम भएको थियो । आइतबार ३ करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर एक लाख पाँच हजार ४१५ पटक खरिद–बिक्री हुँदा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

उक्त दिन ३११ कम्पनी कारोबारमा आउँदा १ लाख ५ हजार ४१५ पटक शेयर किनबेच भएको थियो । उच्च अङ्कको लगातार तीन दिन बजार बढेसँगै सोमबार भने बजारमा करेक्सन आएको थियो ।

मौद्रिक नीति पछिको दोस्रो कारोबारका दिन नेप्से ३५ अङ्कले घटेको थियो । उक्त दिन नेप्से १.१७ प्रतिशतले घटेर २७२५.७१ विन्दुमा नेप्से परिसूचक पुगेको थियो । सोमबार बजारमा ४२ अङ्कको उतारचढाव देखिएको थियो ।

उक्त दिन नेप्से परिसूचक उच्चतम २७६५ र न्यूनतम २७२३ विन्दुसम्म पुगेको थियो । सोमबार नेप्सेम गिरावट आएसँगै कारोबार रकमा पनि गिरावट आएको थियो । उक्त दिन ८ अर्ब १७ करोड २१ लाख ४३ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख २ हजार ५४० कित्ता शेयर ७२ हजार ६०१ पटक किनबेच भएको थियो । सोमबार दिनभरमा ३२१ वटा कम्पनी कारोबारमा आएको थियो ।

मङ्गलबार बजारमा पुनः रोनक फर्किएको थियो । उक्त दिन नेप्से एकै दिन ३४.४६ अङ्कले बढेको थियो । असार मसान्त सकिन्न दुई दिन अगाडि अर्थात् असार ३१ गते नेप्से १.२६ प्रतिशतले बढेर २७६०.१७ विन्दुमा पुगेको थियो ।

मङ्गलबार बजारमा ३७ अङ्कको उतारचढाव देखिएको थियो । उक्त दिन नेप्से परिसूचक उच्चतम २७६३ विन्दु र न्यूनतम २७२४ विन्दु पुगेको थियो ।

उक्त दिन नेप्से बढ्दा कारोबार रकमा पनि बढोतरी भएको थियो । मङ्गलबार बजार बन्द हुँदासम्म ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ५६ लाख १७ हजार २०९ कित्ता शेयर कारोबार भएको थियो । उक्त दिन ३१७ वटा कम्पनी ७४ हजार ५७ पटक किनबेच भएको थियो ।

बुधबार पनि बजारमा उछाल आएको थियो । धेरै समयपछि उक्त दिन नेप्से परिसूचकले २८०० को विन्दु नाघेको थियो ।
बुधबार एकै दिन नेप्से ३४.६१ अङ्कले बढेर २७९४.७८ विन्दुमा परिसूचक पुगेको थियो । उक्त दिन नेप्से १.२५ प्रतिशतले बढ्दा बजारमा ४२ अङ्कको उतारचढाव देखिएको थियो ।

बुधबार नेप्से परिसूचक उच्चतम २८०३ विन्दु र न्यूनतम २७५९ विन्दु पुगेको थियो । बुधबार नेप्सेमा १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार ८८० रुपैयाँ बराबरको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर ९९ हजार ५०५ पटक किनबेच भएको थियो । दिनभरमा ३३० वटा कम्पनी कारोबारमा आए ।

साताको अन्तिम कारोबर अर्थात् नयाँ आर्थिक वर्ष लागेको पहिलो कारोबारमा पनि हरियाली छाएर सुरु भएको थियो । साताको अन्तिम नेप्से पनि उछाल आएको थियो ।

उक्त दिन नेप्से ७५.८४ अङ्कले बढेर परिसूचक २८७०.६३ विन्दुमा पुगेको थियो । बिहीबार नेप्से २.७१ प्रतिशतले बढ्दा बजारमा ८२ अङ्कको उतारचढाव देखिएको थियो । उक्त दिन नेप्से परिसूचक उच्चतम २८७८ विन्दु र न्यूनतम २७९६ विन्दुमा पुगेको थियो ।

बिहीबार १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँ बराबरको ३ अर्ब ८६ लाख ३४ हजार ३५० कित्ता शेयर कारोबार भएको थियो । उक्त दिन दिनभरमा ३११ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ४१ हजार ४३४ पटक शेयर किनबेच भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ७ : २५ बजे

जडीबुटीका बिरुवासँगै तालिम दिँदै वनस्पति अनुसन्धान केन्द्र

कैलाली– वनस्पति अनुसन्धान केन्द्र, कैलालीअन्तर्गत रहेको देवहरिया वनस्पति उद्यान, धनगढीले

तरकारी खेतीबाट स्वरोजगार महिला, लाखौंको आम्दानी गर्दै

टीकापुर- टीकापुर नगरपालिका-३ कटानपुरमा तरकारीखेती गरेर टोलकै महिला आत्मनिर्भर बनेका

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

झापा– हल्दिबारी गाउँपालिकाको चिया बगानहरुमा ‘लुपर’ नामक कीराको प्रकोप फैलिएको

करेन्ट लागेर एक महिलाको मृत्यु

राजविराज– अग्नीसाइर कृष्णासवरन  गाउँपालिका–४ टेङ्गरीमा शनिबार करेन्ट लागेर एक जना

उपल्लो मुस्ताङमा हिउँ चितुवापीडितलाई राहत वितरण

मुस्ताङ– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप),