६१ लाख पारिश्रमिक काण्डले फिल्मलाई ब्याक फायर, प्रदीपलाई किन ‘प्रोत्साहन अवार्ड’ ? « Khabarhub

सिने ब्रिफ

६१ लाख पारिश्रमिक काण्डले फिल्मलाई ब्याक फायर, प्रदीपलाई किन ‘प्रोत्साहन अवार्ड’ ?


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

हेडलाइन…
राष्ट्रिय चलचित्र पुरस्कारमा फिल्मकर्मीहरुको असन्तुष्टि, महिला कलाकारलाई प्रोत्साहन नगरेको नायिका सिवाकोटीको आरोप
६१ लाख पारिश्रमिकको विवादले छोडेन फिल्म माग्ने राजालाई, झुटलाई साचो बनाउन निर्माताको मुनालको कसरत कायमै
असारमा जस्तै साउनमा पनि रिलिज डेट खाली, भदौका सबै शुक्रबार प्याक
गसिप- भारतीय कलाकारको नक्कल गर्दै नाजिर

गसिप

नक्कल गर्दै नाजिर
बलिउड फिल्मको हुबहु कथा नक्कल गरेर नेपाली फिल्म बनेको उदाहरण पनि छ ।
हाम्रा नायिकाहरुले भारतीय नायिकाहरुको फेसन सेन्स कपी गर्दै आएको कुरा नौलो होइन ।
फिल्म प्रचारका लागि पारिश्रमिक बढाउने, प्रेमसम्बन्धको अफवाह फैलाउने यावत् फन्डा पनि भारतबाटै आयातित कुसंस्कार हुन् ।
रङ्गमञ्च पृष्ठभूमिबाट ठूलो पर्दामा आएका नायक नाजिरले पनि बलिउड कलाकारको नक्कल गरेको भेटिएको छ ।
उनले आफ्नो फिल्म ‘गन्यु चोलो’ प्रचारका लागि बलिउड नायक रणवीर सिंहको नक्कल गरेका हुन् ।
पारिवारिक विश्रामपछि ठूलो पर्दामा फर्किएका रणवीरले फिल्म ‘धुरन्धर’ प्रचारका लागि इन्स्टाग्रामबाट सबै पोस्ट हटाएका छन् । उनको इन्स्टा अकाउन्डमा अहिले धुरन्धरको एक भिडियो मात्रै छ ।
नाजिरले पनि त्यही सिको गर्दै इन्स्टाग्रामबाट सबै फोटो भिडियो हटाएका छन् । अहिले उनको एकाउन्टमा ‘गुन्यु चोलो’का सामाग्री मात्रै छ ।
नजिरको यस कदम नकारात्मक होइन । तर, हाम्रा कलाकारहरु बलिउडसँग कति प्रभावित छन् भन्ने एउटा उदाहरण चाहिँ हो ।
एउटा भाष्य नै, ‘फिल्म चल्न छाडेपछि कलाकारहरु फन्डामा रमाउँछन् ।’
नाजिरमा पनि त्यही देखिन्छ । उनी शीर्ष भूमिकामा रहेका सबै फिल्म फ्लप छन् ।
अब लिड रोल भएको फिल्म अर्को आउँदैछ । त्यसैले यस्ता नक्कल गर्ने फन्डामा लागिपरेका छन् ।

प्रदीपलाई पुरस्कार किन ?

चलचित्र विकास बार्डले आयोजना गर्दै आएको यस संस्कारणको राष्ट्रिय चलचित्र पुरस्कार गत सोमबार सम्पन्न भएको छ ।

राम्रो मध्येका पनि राम्रो फिल्मले अवार्ड पाउने भएकाले यस्ता पुरस्कारका कार्यक्रममा सबै पक्ष सन्तष्ट नहुन सक्छन् ।

यो फिल्मलाई किन अवार्ड दिइयो, यो फिल्म किन परेन ? यी लेखक किन सम्मानीत भएनन् ? यी निर्देशकलाई अवार्ड दिइएको भए हुन्थ्यो ? जस्ता असतुष्टि देखा पार्नु सामान्य हो ।

यो वर्ष पनि त्यही भएको छ । केही कलाकार र फिल्मकर्मी अवार्ड वितरणमा असन्तुष्टि पोखेका छन् ।

कसले के अवार्ड पाए ?

उत्कृष्ट नायकाको अवार्ड फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा विजय बराल र फिल्म ‘खुस्मा’बाट उपसनासिंह ठकुरी उत्कृष्ट नायिका घोषित भएका छन् ।

उत्कृष्ट फिल्मको अवार्ड ‘साम्बाला’ले हात परेको छ । यही फिल्मबाट मिनभामले उत्कृष्ट निर्देशकको अवार्ड जिते ।

उत्कृष्ट लेखकको अवार्ड भने ‘छक्का पञ्जा ५’बाट दीपकराज गिरीले जिते । निर्णायक समिति प्रोत्सहान अवार्ड भने नायक प्रदीप खड्काले पाए ।

प्रदीपले पाएको विधाको अवार्डमा नायिका वर्षा सिवाकोटी असन्तुष्ट देखिइन् । नायिकालाई प्रोत्साहन अवार्ड नदिएकामा उनको असन्तुष्टि देखिन्छ ।

उनले बोर्ड र बोर्डका अध्यक्ष दिनेश डीसीलाई प्रश्न गरेकी छन्, ‘हामी महिला कलाकारहरुलाई प्रोत्साहन गरिदिने अध्यक्ष हामीले कहिले पाउने ?’

त्यस्तै, निर्माता विनोदकुमार पौडेल भने फिल्म ‘बोक्सीको घर’ पुरस्कारको कुनै विधामा समावेश नभएको असन्तुष्ट देखिन्छन् । ‘बोक्कीको घर’ले अवार्ड नपाउनलाई उनले लाजमर्दो भनेका छन् ।

विनोदको भनाइमा निर्माता रोहित अधिकारी पनि सहमत छन् । तथापि रोहित भने उत्कृष्ट नायक, नायिका र लेखक अवार्ड मात्रै सही व्यक्तिको हातमा परेको तर्क गर्छन् । अन्य विधाका अवार्ड सही व्यक्तिको हातमा नपरेको उनको बुझाइ छ ।

यता निर्देशक दीपेन्द्र लामा भने यसपालीको अवार्ड वितरणले ९० प्रतिशत सन्तुष्टि मिलेको बताउँछन् ।

अवार्डबारे असन्तुष्टि राख्ने प्रशस्त छन् । तर, केही व्यक्तिहरुले खुलेर आफ्नो धारणा राखेका पाइन्छ ।

उठेको प्रश्न !

नायक प्रदीप खड्कालाई प्रोत्साहन पुरस्कार दिइएको छ ।

प्रदीप अहिले महँगा र स्थापित स्टार हुन् । उनलाई प्रोत्सहानको जरुरी किन छ ?

उनी सरकारी निकायसँग भिडेर पनि फिल्म हलमा लगाउन सक्ने ल्याकत भएका हिरो हुन् । उनीमाथि लगानी गर्न निर्माताको हानथाप छ ।

उनलाई प्रत्सोहान पुरस्कार दिएर अपमान त भएन ? प्रोत्सहान त संघर्षरत नायकहरुलाई दिँदा उचित हुन्छ । यसबारेमा निर्णायक समिति र बोर्ड गम्भीर बन्नुपर्ने देखिन्छ ।

‘माग्ने राजा’लाई ‘ब्याकफायर’

केदार घिमिरे माग्ने बूढाले फिल्म ‘माग्ने राजा’मा ६१ लाख पारिश्रमिक लिएको झुटो हो भनेर सार्वजनिक कार्यक्रममार्फत नै स्पष्ट पारिसके ।

६१ लाख नै पारिश्रमिक दिएको भनेर कलाको मन्दिर प्रज्ञा प्रतिष्ठानको कमस खाने निर्माता मुनाल घिमिरे भने कुरा मोडेर उम्किने प्रयासमा छ ।

भनाइ नै छ– ढाँटेको कुरा काटे मिल्दैन । अब निर्माता घिमिरेले जति कुरा बङ्गाए पनि उनले ढाँटेको दर्शकले थाहा पाइसके ।

अब मुनालाई दर्शकले फिल्म प्रचारका लागि झुट बोलेर कलाकारलाई नै नैतिक संकटमा पार्ने निर्माताका रुपमा चिन्छन् ।

यो झुटलाई सत्य बनाउने प्रयासस्वरुप मुनालले कुरा मोड्दै भन्न लागेका छन्– फिल्मम पैसामा सुत्ने दृश्य छ । ६१ लाखमाथि सुत्न केदारले उक्त रकम माग गरेका हुन् । मैले यही कुरा भनेको हुँ । पारिश्रमिकबारे मैले बोलेको छैन ।

यो सरासर झुट हो । उनले दृश्यको कुरा नै गरेका छैनन् । उनले स्पष्टरुपमा केदारले ६१ लाख पारिश्रमिक लिने गरी सम्झौता गरेको बताएका छन् ।

अर्थात्,निर्माता मुनाल पारिश्रमिकको झुटो फन्डाले फिल्मको प्रचार गर्ने कुरणनीतिमा थिए । यो कुरा केदारले बाहिर ल्याए ।
त्यही रणनीतिले अहिले फिल्मलाई ‘ब्याकफायर’ गरिरहेको छ ।

दर्शकले असन्तुष्टि सामाजिक सञ्जालमा बाक्लै देखिन्छ । अझै निर्माता झुट दाबी गर्दै हिडे दर्शकले फिल्म बहिस्कार नगर्लान् भन्न सकिन्नँ । यसबारेमा मुनाल सचेत बन्दा उचित हुने देखिन्छ ।

हलमा विदेशी फिल्म हाबी

अहिले हलमा १४ वटा फिल्म प्रदर्शनरत छन् । जसमा दुईवटा मात्रै नेपाली फिल्म छन् ।

अब दर्शकले फ्रेस फिल्म हेर्न साउन १६ गने कुर्नुपर्ने देखिन्छ ।

साउन दोस्रो सातासम्म पुग्दा कुनै पनि नेपाली फिल्म हलमा नहुने जोखिम देखिन्छ ।

हलमा वैशाख २६ बाट प्रदर्शनमा आएको फिलम ‘ऊनको स्वीटर’ र असार २७ बाट प्रदर्शनमा आएको ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनरत छन् ।

यी दुवैको शो संख्या बराबर छ । दैनिक ४–५ शो का साथ यि फिल्म चलिरहेका छन् ।

अर्को साता यी दुवै फिल्म हलबाट उत्रन सम्भावना देखिन्छ ।

यदि यी दुई फिल्म उत्रिएको अवस्थामा हलमा एकछत्र विदेशी फिल्म प्रदर्शनरत भेटिनेछन् ।

यो अवस्था आउनुमा दुई कारण छन् । पहिलो : असारमा एक मात्रै फिल्म प्रदर्शनमा आयो र त्यसले पनि सुखद व्यापार गर्न सकेन ।
दोस्रो : साउनको तेस्रो शुक्रबार मात्रै यस महिनाको पहिलो फिल्म प्रदर्शनमा आउँदैछ ।

रिलिज डेट खाली र प्रदर्शनमा आएका फिल्मले राम्रो व्यापार गर्न नसक्दा यो अवस्था आएको हो ।

साउनको रिलिज क्यालेन्डर

साउनमा सुरुका दुई शुक्रबार खाली छन् । यो महिनामा दर्शक फ्रेस नेपाली फिल्म हेर्न साउन १६ गतेसम्म कुनुपर्ने हुन्छ । यस मितिमा फिल्म ‘रियाल रिङ्गेट’ प्रदर्शनमा आउँदैछ ।

साउन २३ गते नायक सौगात मल्ल र नायिका वेनिशा हमाल स्टारर फिल्म ‘सिटामोल’ आउँदैछ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ६ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै