रवि मोहनले दायर गरे निर्माता कम्पनीविरुद्ध ९ करोडको मुद्दा   « Khabarhub

रवि मोहनले दायर गरे निर्माता कम्पनीविरुद्ध ९ करोडको मुद्दा  


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउथ फिल्मका चर्चित अभिनेता रवि मोहनले बिहीबार निर्माता कम्पनी ‘बोबी टच गोल्ड युनिभर्सल प्राइभेट लिमिटेड’ विरुद्ध ९ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै मानहानिको मुद्दा दायर गरेका छन् ।

भारतीय मिडिया टाइम्स अफ इन्डियाका अनुसार, अभिनेता रवि मोहनले कम्पनीलाई ८० दिनका लागि आफ्नो समय (कल्लसिट) दिएका थिए, जसको आधारमा दुईवटा चलचित्रको छायाङ्कन सुरु हुने अपेक्षा गरिएको थियो । उनले सन् २०२५ को जनवरीदेखि मार्चसम्म अन्य कुनै फिल्म नगरी यी प्रोजेक्टमा मात्र समय दिने सम्झौता गरेका थिए ।

तर निर्माता कम्पनीले निर्धारित समयमा फिल्म सुरु नै नगरेपछि, अभिनेता रविले आर्थिक र करिअरको क्षति भएको भन्दै बिहीबार अदालतमा मुद्दा हालेका हुन् ।

रिपोर्टअनुसार, उक्त सम्झौता एक निश्चित समयपछि स्वतः समाप्त हुने व्यवस्था थियो । त्यसैले अभिनेता रविले नयाँ फिल्म ‘परासक्ति’मा साइन गरेका थिए ।

यसपछि जुलाईको पहिलो हप्ता निर्माता कम्पनीले अभिनेता रविलाई पहिले दिइएको अग्रिम रकम ६ करोड रुपैयाँ फिर्ता गर्न नोटिस पठायो र सम्झौता उल्लङ्घन गरेको आरोप पनि लगायो । रवि मोहनले भने उक्त अग्रिम रकम फिर्ता गर्न आफू तयार रहेको बताएका छन् ।

यो विषयमा मद्रास उच्च अदालतले निर्माता कम्पनीलाई २३ जुलाई २०२५ भित्र औपचारिक जवाफ दिन आदेश दिएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ७ : ४५ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि