कञ्चनपुर कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी | Khabarhub Khabarhub

कञ्चनपुर कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ ।

जिल्ला कारागार कार्यालय कञ्चनपुरमा महिला र पुरुषका लागि १६० जना बन्दी राख्ने क्षमता भए पनि कारागारमा क्षमताभन्दा तेब्बर बढी ४५६ जना कैदीबन्दी राखिएको छ ।

अहिले कारागारमा सबैभन्दा बढी लागूऔषधका १६७ जना कैदीबन्दी छन् । बाँकी विभिन्न कसूका रहेको कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रमुख रामदत्त जोशीले जानकारी दिए ।

उनले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा पालको व्यवस्था गरेर राखिएको बताए । कारागारमा अन्य जिल्लाबाट समेत कैदीबन्दी स्थानान्तरण भएका आउने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले लागूऔषधका सेवनका कारण अन्य अपराधिक गतिविधिमा पनि संलग्न हुनेभएकाले पछिल्लो समय आपराधिक कटना बढेको बताए ।

उनले लागूऔषधका कारण पनि अपराधिक घटना बढेकाले कारागारमा कैदीबन्दीको सङ्ख्या बढेको बताए ।

जिल्ला कारागार कञ्चनपुरमा हाल सबैभन्दा बढी लागूऔषधका बैन्दी छन् । त्यसैगरि महिला हिंसा, चोरी, ठगी, जबरर्जस्तीकरणी, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ । (रासस)

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ८ : १० बजे

युक्रेनमा रूसी ड्रोन आक्रमण, एक जनाको मृत्यु

एजेन्सी – युक्रेनको ओडेसा शहरमा शुक्रबार राति भएको रूसी ड्रोन

मेहन्दीको फेसन : संस्कृतिसँगै आयआर्जन (तस्बिरहरू)

काठमाडौं – साउन लागेसँगै नेपाली महिलाहरू हरियो चुरापोते अनि मेहन्दीमा

तनहुँमा चैते धान प्रवर्द्धन आयोजनाबाट ११७७ मेट्रिकटन उत्पादन

दमौली–  तनहुँमा सञ्चालन भएको चैत धान प्रर्वद्धन आयोजनामार्फत एक वर्षमा

जडीबुटीका बिरुवासँगै तालिम दिँदै वनस्पति अनुसन्धान केन्द्र

कैलाली– वनस्पति अनुसन्धान केन्द्र, कैलालीअन्तर्गत रहेको देवहरिया वनस्पति उद्यान, धनगढीले

तरकारी खेतीबाट स्वरोजगार महिला, लाखौंको आम्दानी गर्दै

टीकापुर- टीकापुर नगरपालिका-३ कटानपुरमा तरकारीखेती गरेर टोलकै महिला आत्मनिर्भर बनेका