काभ्रेको नालाबाट नगर प्रवेश गराइयो इन्द्रजात्राको लिङ्गो ( तस्बिरहरू) « Khabarhub

काभ्रेको नालाबाट नगर प्रवेश गराइयो इन्द्रजात्राको लिङ्गो ( तस्बिरहरू)


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्द्रजात्राको लागि काभ्रेको नाला जंगलबाट ल्याइएको यःसी अर्थात लिङ्गो नगर प्रवेश गराइएको छ ।  

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको हो । समितिले दिएको साइत अनुसार आइतबार बिहान भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको गुठी संस्थानले जनाएको छ ।

लिङ्गोलाई भाद्र १९ गते बिहान १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वजोत्थान गरिने तय भएको छ ।

इन्द्रध्वजोत्थान गरेपछि भाद्र २१ गते इन्द्रजात्रा मनाइने स्थानीय राजन महर्जनले जानकारी दिए । जात्राका क्रममा कुमारीलाई तल्लो र माथिल्लो टोलको यात्रा गरिने परम्परा रहेको उनले बताए ।  

जात्राको तयारीस्वरुप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ तयारीको कार्य समेत सुरु गरिएको छ ।

तीनै वटा रथ तान्न शुरु गरिने इन्द्रजात्राको मुख्य दिन राष्ट्रप्रमुख वसन्तपुर दरबार क्षेत्रमा जाने परम्परा रहेको छ । दोस्ती तोड्ने र पार्टीलाई एक्लै बनाइ कमजोर बनाउने सोच गलत रहेको उनले बताए । 

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  १ : ०० बजे

बाढीपीडितका लागि भारतले पठायो १० टन राहत सामग्री र औषधि

काठमाडौं – भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको

भोटकोशी बाढी : एक हजारभन्दा बढी सवारीसाधनमा क्षति

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी