काठमाडौं महानगरबाट ६४ हजारले लिए निःशुल्क कानूनी सेवा « Khabarhub

काठमाडौं महानगरबाट ६४ हजारले लिए निःशुल्क कानूनी सेवा


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट निःशुल्क कानूनी परामर्श सेवा लिनेको सङ्ख्या ६४ हजार पुगेको छ ।  २०७९ साल माघ १७ गते नेपाल ल क्याम्पससँग सहकार्य सम्झौता गरी कामपाले सुरु गरेको उक्त सेवा लिनेको सङ्ख्या हालसम्म ६४ हजार पुगेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।

उपप्रमुख डङ्गोलका अनुसार उक्त सेवा प्रदान गर्नुअघि कानूनी सेवा लिने अत्यन्तै कमी थिए । कानूनी प्रक्रियामा जानकै लागि झन्झटिलो खर्च लाग्ने भएपछि नागरिकहरू सेवा दिनबाट वञ्चित हुनुपरेको थियो । अहिले निःशुल्क प्रदान गरिने सेवा लिन वडा कार्यालयमा भीड हुने गरेको छ ।

उनले भने, ‘लिखतको ढाँचा, त्यसमा प्रयोग हुने शब्द, भाषा, वाक्य र ब्यहोरा शिष्ट, सभ्य, मर्यादित र कानूनमा तोकेबमोजिम बनाउनुपर्ने सहजकर्ताको मुख्य काम हो । कानूनी लिखतहरूको मस्यौदा गर्दा सेवाग्राहीसँग रहेको कागज प्रमाण, उनले व्यक्त गरेको तथ्यगत व्यहोरा र सबुदको मूल्याङ्कन गर्ने, प्रचलित सङ्घीय, प्रदेश र कामपाबाट जारी गरिएका कानूनी प्रबन्धहरूसँग पछिसम्म फरक नपर्ने कुराको यकिन गर्नु अर्को काम हो ।

सेवा उपलब्ध गराउनका आएका विद्यार्थीलाई १६ बुँदे कार्य विवरणपत्र दिइएको छ । सोही विवरणको आधारमा सेवा प्रदान गरिएको छ । त्यसका लागि क्याम्पसबाट आएका स्नातक र स्नातकोत्तर तहका ५० जना विद्यार्थी छनोट भएका छन् । तीमध्ये हरेक वडामा एक जनाका दरले ३२ जना र केन्द्रमा तीन जना विद्यार्थी परिचालन गरिएको छ ।

सेवा प्रदान गर्न हरेक वडामा निःशुल्क कानूनी परामर्श सेवा कक्ष स्थापना छ । कक्ष सञ्चालनमा आवश्यक टेबल कुर्सी, सेवाग्राही बस्ने ठाउँ, आवश्यक शैक्षिक सामग्री वडाले व्यवस्था गरेको छ । सेवाग्राहीको तर्फबाट पेस गर्नुपर्ने निवेदन, उजुरी, फिरादपत्र, प्रतिउत्तर पत्र, लिखित जवाफ, मिलापत्रको मस्यौदा गर्ने, कानूनी व्यवस्थाको मौखिक वा लिखित जानकारी दिनु कानूनी सहजकर्ताको मुख्य काम हो ।

त्यसैगरी वडा तहमा सञ्चालन हुने मेलमिलाप केन्द्र र वडा महिला सञ्चालनमा आवश्यक सहयोग गर्ने, जनप्रतिनिधि वा वडा सचिवले तोकेका अन्य कार्यक्रममा सहभागिता जनाउने सहयोग गर्ने विद्यार्थीका मुख्य काम रहेको छ  । (रासस) 

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ११ : ०६ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित