तेलुगु फिल्मका हास्य कलाकार फिश वेङ्कटको निधन « Khabarhub

तेलुगु फिल्मका हास्य कलाकार फिश वेङ्कटको निधन


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेलुगु फिल्म क्षेत्रका चर्चित हास्य अभिनेता फिश वेङ्कटको निधन भएको छ । वास्तविक नाम वेङ्कट राज रहेका उनको ५३ वर्षको उमेरमा शुक्रबार हैदराबादस्थित एक अस्पतालमा निधन भएको हो ।

मिर्गौलासम्बन्धी गम्भीर स्वास्थ्य जटिलताका कारण उनलाई केही दिनअघि आर्इसीयूमा भर्ना गरिएको थियो । भेन्टिलेटर र डायलसिसमार्फत उपचार हुँदै गर्दा पनि उनको अवस्था लगातार बिग्रँदै गयो ।

पछिल्लो केही महिनादेखि मिर्गौला रोगसम्बन्धी समस्याबाट पीडित रहेका वेङ्कटकका लागि किड्नी ट्रान्सप्लान्ट अत्यावश्यक रहेको चिकित्सकहरूले बताएका थिए । तर, करिब ५० लाख रुपैयाँ खर्च लाग्ने उक्त शल्यक्रियाका लागि उनको परिवारले सार्वजनिक सहयोगको आह्वान गर्नुपरेको थियो ।

उनकी छोरी श्रावन्तीले सार्वजनिक रूपमा सहयोगको याचना गरेपछि केही भ्रमपूर्ण समाचारहरूले अभिनेता प्रभासले सहयोग गरेका छन् भन्ने दाबी गरे । यद्यपि, परिवारले त्यसलाई ठगीको प्रयास भएको र कुनै सहयोग प्राप्त नभएको स्पष्ट पारेका छन् ।

यसबीच, पवन कल्याणले २ लाख रुपैयाँ, विश्वक सेन र तेलंगाना राज्यका एक मन्त्रीले आर्थिक सहयोग गरे पनि समयमै मिर्गौला उपलब्ध नहुँदा उनको असामयिक निधनको मुख्य कारण बन्यो।

फिल्मी करियरमा १०० भन्दा बढी तेलुगु चलचित्रहरूमा अभिनय गरेका वेङ्कट, स्वर्गीय निर्देशक दासारी नारायण रावद्वारा निर्देशित चलचित्र सम्मक्का सरक्काबाट तेलुगु फिल्म उद्योगमा प्रवेश गरेका थिए ।

‘खुशी’, ‘बन्नी’, ‘अधुरस’, ‘गब्बर सिंह’, ‘डिजे टिल्लु’, ‘स्लम डग हजबन्ड’, र ‘कफी विथ अ किलर’ जस्ता चर्चित चलचित्रहरूमा उनको हास्य अभिनयले दर्शकको मन जितेको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १२ : २२ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री