साहित्यकार मल्लको उपन्यास ‘निर्गम’ लोकार्पण « Khabarhub

साहित्यकार मल्लको उपन्यास ‘निर्गम’ लोकार्पण


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साहित्यकार गोकर्ण मल्लको उपन्यास ‘निर्गम’ लोकार्पण भएको छ । रत्ननगर वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको उक्त उपन्यायको शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रा डा गोविन्दराज भट्टराई र प्रा डा कुमारप्रसाद कोइरालालगायत साहित्यकारले संयुक्त रूपमा विमोचन गरे ।

शिक्षा, उमेर, परिश्रम गर्ने क्षमता, आर्थिक अवस्था बलियो हुँदाहुँदै मजदुर, विद्यार्थी, कर्मचारी, उद्योगपतिका नाममा नेपाली युवामा विदेशप्रतिको मोह तथा त्यसका लागि सरकारले ऋणलगायतका सुविधा उपलब्ध गराएर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पुर्‍याइएको सहयोगलाई उपन्यासमा मूल रुपमा प्रस्तुत गरिएको छ । लामो समय शिक्षणमा संलग्न साहित्यकार मल्लको यो तेस्रो सिर्जना हो ।

त्यस अवसरमा प्राडा भट्टराईले ‘निर्गम’ वर्तमान यथार्थको हृदयहारी अभिलेखन भएको टिप्पणी गरे । प्रा डा कोइरालाले कृतिमाथि समीक्षा गरे भने साहित्यकारहरू अनिता कोइराला, अनिता पन्थी, लक्ष्मण वियोगी, शरद् प्रधानले टिप्पणी गरे ।

एक सय ७२ पृष्ठको उक्त उपन्यासमा ३४ वटा अध्याय छन् । शून्यबाट सुरु हुने जीवन ३२ लक्षणले पूर्ण भए पनि आखिर पुनःशून्यमै अन्त्य हुन्छ भन्ने वास्तविकता प्रस्तुत छ । बजार मूल्य रु ३७५ निर्धारण गरिएको उपन्यासको पहिलो संस्करणमा ५०१ प्रति छापिएका जनाइएको छ ।

– रासस

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १ : ५८ बजे

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।