जुवातास खेल्ने २६ जना पक्राउ « Khabarhub

जुवातास खेल्ने २६ जना पक्राउ


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र चितवनबाट प्रहरीले २६ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं-१३ ताहाचल बस्ने बिम्मा छिरिङ दोर्जे लामाको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा बिम्मासमेत ५ जनालाई शुक्रबार बिहान पक्राउ गरेको प्रहरीले  जनाएको छ । प्रहरी वृत्त कालिमाटीले उनीहरूको साथबाट नगद १ लाख ३५ हजार ३ सय रूपैयाँ र २४ बुक तास बरामद गरेको  छ ।

यसैगरी काठमाडौं-३१ भूपिशेरचन मार्ग बस्ने साबित्री श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसमेत पाँच जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरले नगद ८५ हजार ६ सय २० रूपैयाँ र ६ बुक तास फेला पारेको छ ।

यस्तै भरतपुर-१ पोखरा बसपार्कस्थित धादिङ होटलबाट जुवातास खेलिरहेको अवस्थामा तनहुँ देवघाट-४ का मानबहादुर मगरसमेत पाँच जनालाई शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरूको साथबाट नगद ३८ हजार ९ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । चितवनकै भरतपुर -२ क्षेत्रपुरका पदमबहादुर आलेको घरमा जुवातास खेलिरहेको अवस्थामा सो विनोद मल्लसमेत ११ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरूलाई नगद ५१ हजार ९ सय ९० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ५ : ३३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया