पाकिस्तानमा जातीय नेताको हत्या « Khabarhub

पाकिस्तानमा जातीय नेताको हत्या


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको उत्तरी वजिरिस्तानमा एक जना जातीय नेताको हत्या भएको छ । उत्तरी वजिरिस्तानको मिरामशाह तहसिलमा पर्ने पिर कले गाउँमा मालिक मुहम्मद रहमानको हत्या भएको हो ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार उनी दवार जातिका अगुवा थिए । अज्ञात बन्दुकधारीले उनी चढेको गाडीमा अन्धाधुन्द गोली प्रहार गरेको जनाइएको छ ।

गोली प्रहारबाट उनी र उनका सवारी चालक हफिज सइद अकबरको घटनास्थलमै मृत्यु भएको थियो । डनका अनुसार यसअघि पनि दुई पटक उनको ज्यान लिने प्रयास भएको थियो ।

घटनापछि सो क्षेत्रका बासिन्दामा शोक र आक्रोश पैदा भएको जनाइएको छ । स्थानीयहरुले उत्तरी वजिरिस्तानमा शान्ति सुरक्षाको अवस्था कमजोर हुँदै गएको बताएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ९ : २५ बजे

रवि लामिछानेको बचाउ बयान : मलाई कारागारको पत्रमा मेरो सहभागिता थिएन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले डिल्लीबजार कारागारबाट

प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र

दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र

एजेन्सी– विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको