पाकिस्तानमा जातीय नेताको हत्या « Khabarhub

पाकिस्तानमा जातीय नेताको हत्या


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको उत्तरी वजिरिस्तानमा एक जना जातीय नेताको हत्या भएको छ । उत्तरी वजिरिस्तानको मिरामशाह तहसिलमा पर्ने पिर कले गाउँमा मालिक मुहम्मद रहमानको हत्या भएको हो ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार उनी दवार जातिका अगुवा थिए । अज्ञात बन्दुकधारीले उनी चढेको गाडीमा अन्धाधुन्द गोली प्रहार गरेको जनाइएको छ ।

गोली प्रहारबाट उनी र उनका सवारी चालक हफिज सइद अकबरको घटनास्थलमै मृत्यु भएको थियो । डनका अनुसार यसअघि पनि दुई पटक उनको ज्यान लिने प्रयास भएको थियो ।

घटनापछि सो क्षेत्रका बासिन्दामा शोक र आक्रोश पैदा भएको जनाइएको छ । स्थानीयहरुले उत्तरी वजिरिस्तानमा शान्ति सुरक्षाको अवस्था कमजोर हुँदै गएको बताएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ९ : २५ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता