ट्रम्पले गरे युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल, पुटिनसँग अर्को बैठकको तयारी « Khabarhub

ट्रम्पले गरे युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल, पुटिनसँग अर्को बैठकको तयारी


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

वासिंगटन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युदबारेमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसहितका नेतासँग बैठक गरेका छन्।

उनले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, बेलायतका प्रधानमन्त्री कियर स्टार्मर, जर्मनीका फ्रिडरिख मर्ज र नाटो महासचिव मार्क रुट् लगायतका नेताहरूसँग पनि ह्वाइट हाउसमा अत्यन्तै राम्रो बैठक भएको बताएका छन्।

बैठकमा युक्रेनका लागि सुरक्षा ग्यारेन्टीबारे छलफल भएको थियो। जसलाई संयुक्त राज्य अमेरिका र विभिन्न युरोपेली मुलुकले संयुक्त रूपमा समन्वय गर्नेछन्।

ट्रम्पले बैठकमा सहभागी रूस–युक्रेन द्वन्द्वमा शान्तिको सम्भावनाप्रति आशावादी रहेको ट्रुथ सोसलमा बताएका छन्।

Trump Russia Ukraine War

बैठकको अन्त्यमा उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरे। उनले पुटिन र जेलेन्स्कीबीच हुने बैठकको तयारी थालिएको जानकारी दिएका छन्। उक्त बैठकपछि दुई राष्ट्रपति र आफू सहभागी हुने त्रिपक्षीय सम्मेलन आयोजना गरिने उनले बताएका छन्।

ट्रम्पले यसलाई झण्डै चार वर्षदेखि जारी युद्धलाई अन्त्यतर्फ लैजाने प्रारम्भिक कदम भनेका छन्। उनले उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो र विशेष दूत स्टिभ विट्कफ रूस र युक्रेनसँग सक्रिय समन्वयमा रहेको जानकारी दिएका छन्।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ६ : ४१ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित