अनिता अद्वानीको खुलासा: डिम्पल कपाडियाभन्दा अघि नै राजेश खन्नासँग विवाह « Khabarhub

अनिता अद्वानीको खुलासा: डिम्पल कपाडियाभन्दा अघि नै राजेश खन्नासँग विवाह


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेत्री अनिता अद्वानीले दिवंगत सुपरस्टार राजेश खन्नाबारे सनसनीपूर्ण खुलासा गरेकी छिन्। मेरी सहेली कार्यक्रमसँगको कुराकानीमा उनले अभिनेता राजेश खन्नाले सन् १९७३ मा डिम्पल कपाडियासँग विवाह गर्नु अघि नै आफूलाई निजी रूपमा विवाह गरेको दाबी गरेकी हुन्।

अभिनेत्री अनिताका अनुसार, उनीहरूबीचको विवाह निकै गोप्य तरिकाले सम्पन्न भएको थियो। उनले भनिन्, “हामीले हाम्रो विवाह गोप्य रूपमा सम्पन्न गरेका थियौं, तर फिल्मी दुनियाँमा यस्ता विषय प्रायः खुलेर छलफल हुँदैनन्। धेरैजना भन्छन्, ‘हामी साथी हौं’ वा ‘हामी सम्बन्धमा छौं।’ तर मिडियाले पहिले नै जानिसकेको थियो कि म उनीसँग छु, त्यसैले हामी दुवैले आफ्नो विवाह सार्वजनिक रूपमा घोषणा गर्नुको कुनै आवश्यकता महसुस भएन।”

अभिनेत्री अनिताले विवाहको विशेष क्षण स्मरण गर्दै भनिन्, “हाम्रो घरमा सानो मन्दिर थियो। मैले सुन र कालो मोतीले बनेको मंगलसूत्र तयार पारेकी थिएँ। राजेशजीले त्यो मेरो घाँटीमा पहिराउँदै सिन्दूर लगाइदिनुभयो र भावपूर्ण शब्दमा भन्नुभयो, ‘आजदेखि तिमी मेरो जिम्मेवारी हौ।’ यसरी, एक साँझ हामीले आफ्नै तरिकाले, शान्तिपूर्वक र सरलतासाथ विवाह सम्पन्न गर्यौं।”

अभिनेत्री अनितालाई सोधिएको थियो, के उनी डिम्पल कपाडियाभन्दा अघि राजेश खन्नाको जीवनमा आएकी थिइन्? यस प्रश्नमा उनले भनिन्, “हो, म डिम्पल कपाडियाभन्दा अघि नै उहाँको जीवनमा प्रवेश गरेको थिएँ। तर त्यो समय म धेरै सानी भएकाले विवाह सम्भव भएन। केही समयपछि म आफ्नो घर जयपुर फर्किएँ।”

अभिनेत्री अनिता अद्वानीको यो बयानले फेरि एकपटक राजेश खन्नाको व्यक्तिगत जीवनबारे बहस चुलाएको छ। उनका अनुसार, राजेश खन्नाले आफूलाई गोप्य तरिकाले पत्नीका रूपमा स्वीकार गरेका थिए र आफूलाई ‘जिम्मेवारी’ भनेका थिए। यद्यपि यो विवाह सार्वजनिक रूपमा कहिल्यै घोषणा गरिएको थिएन।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ८ : ५२ बजे

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम

उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५