अनिता अद्वानीको खुलासा: डिम्पल कपाडियाभन्दा अघि नै राजेश खन्नासँग विवाह « Khabarhub

अनिता अद्वानीको खुलासा: डिम्पल कपाडियाभन्दा अघि नै राजेश खन्नासँग विवाह


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेत्री अनिता अद्वानीले दिवंगत सुपरस्टार राजेश खन्नाबारे सनसनीपूर्ण खुलासा गरेकी छिन्। मेरी सहेली कार्यक्रमसँगको कुराकानीमा उनले अभिनेता राजेश खन्नाले सन् १९७३ मा डिम्पल कपाडियासँग विवाह गर्नु अघि नै आफूलाई निजी रूपमा विवाह गरेको दाबी गरेकी हुन्।

अभिनेत्री अनिताका अनुसार, उनीहरूबीचको विवाह निकै गोप्य तरिकाले सम्पन्न भएको थियो। उनले भनिन्, “हामीले हाम्रो विवाह गोप्य रूपमा सम्पन्न गरेका थियौं, तर फिल्मी दुनियाँमा यस्ता विषय प्रायः खुलेर छलफल हुँदैनन्। धेरैजना भन्छन्, ‘हामी साथी हौं’ वा ‘हामी सम्बन्धमा छौं।’ तर मिडियाले पहिले नै जानिसकेको थियो कि म उनीसँग छु, त्यसैले हामी दुवैले आफ्नो विवाह सार्वजनिक रूपमा घोषणा गर्नुको कुनै आवश्यकता महसुस भएन।”

अभिनेत्री अनिताले विवाहको विशेष क्षण स्मरण गर्दै भनिन्, “हाम्रो घरमा सानो मन्दिर थियो। मैले सुन र कालो मोतीले बनेको मंगलसूत्र तयार पारेकी थिएँ। राजेशजीले त्यो मेरो घाँटीमा पहिराउँदै सिन्दूर लगाइदिनुभयो र भावपूर्ण शब्दमा भन्नुभयो, ‘आजदेखि तिमी मेरो जिम्मेवारी हौ।’ यसरी, एक साँझ हामीले आफ्नै तरिकाले, शान्तिपूर्वक र सरलतासाथ विवाह सम्पन्न गर्यौं।”

अभिनेत्री अनितालाई सोधिएको थियो, के उनी डिम्पल कपाडियाभन्दा अघि राजेश खन्नाको जीवनमा आएकी थिइन्? यस प्रश्नमा उनले भनिन्, “हो, म डिम्पल कपाडियाभन्दा अघि नै उहाँको जीवनमा प्रवेश गरेको थिएँ। तर त्यो समय म धेरै सानी भएकाले विवाह सम्भव भएन। केही समयपछि म आफ्नो घर जयपुर फर्किएँ।”

अभिनेत्री अनिता अद्वानीको यो बयानले फेरि एकपटक राजेश खन्नाको व्यक्तिगत जीवनबारे बहस चुलाएको छ। उनका अनुसार, राजेश खन्नाले आफूलाई गोप्य तरिकाले पत्नीका रूपमा स्वीकार गरेका थिए र आफूलाई ‘जिम्मेवारी’ भनेका थिए। यद्यपि यो विवाह सार्वजनिक रूपमा कहिल्यै घोषणा गरिएको थिएन।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ८ : ५२ बजे

विश्वकपमा दीपेन्द्रको सम्झनायोग्य ब्याटिङ : दुई अर्धशतकसहित सर्वाधिक १६९ रन

काठमाडौं – आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा

निर्वाचन १५ दिन बाँकीः प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

काठमाडौं – निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा

काठमाडौं – शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल फागुन ६ गते बुधबार फागुन