हमासले स्वीकार्‍यो युद्धविराम र बन्धक रिहाइको नयाँ प्रस्ताव « Khabarhub

हमासले स्वीकार्‍यो युद्धविराम र बन्धक रिहाइको नयाँ प्रस्ताव


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्यालेस्टाइनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायलका साथ बन्धक रिहाइका लागि मध्यस्थताका लागि नयाँ प्रस्तावमा सहमति जनाएको छ । 

हमासले मिस्र र कतारले युद्धविराम र इजरायलका साथ बन्धक रिहाइका लागि राखेको प्रस्तावमा हमासले सहमति जनाएको बीबीसीले प्यालेस्टाइनी समूह स्रोतलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेको छ । 

मिस्र र कतारको उक्त प्रस्ताव अमेरिकी दूत स्टीभ विटकफले गत जुन महिनामा दिएको प्रस्तावको रूपरेखामा आधारित रहेको बताइएको छ । 

प्रस्तावअनुसार पहिले ६० दिनको युद्धविराम लागू हुने छ । त्यसपछि हमासले बाँकी रहेका ५० इजरायली बन्धकहरूलाई दुई समूहमा रिहा गर्ने छ । जसमध्ये २० जना मात्रै जीवित रहेका बताइएको छ । यसपछि मात्रै स्थायी युद्धविरामका लागि वार्ता अघि बढ्ने छ ।
 
यद्यपि, इजरायलका तर्फबाट युद्धविरामबारे केही प्रतिक्रिया आएको छैन । गत साता इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहुले सबै बन्धकहरूलाई एकैपल्ट रिहा गरेपछि मात्रै सम्झौता स्वीकार गरिने बताएका थिए । 

हमासले युद्धविरामका लागि सहमति जनाएको पछिल्लो समाचारका बीच जारी एक भिडिओमा नेतन्याहुले कुनै टिप्पणी गरेका छैनन् । उनले भनेका छन्, ‘यसबाट तपाईँहरूलाई एउटा आभास हुन्छ, हमास अत्यन्तै दबाबमा छ ।’

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ११ : १७ बजे

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,