विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक : गृहमन्त्री  | Khabarhub Khabarhub

विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक : गृहमन्त्री 


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनका सबै चरणमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय साझेदारहरूसँग मिलेर सरकारले काम गरिरहेको बताएका छन् । विश्व मानवतावादी दिवसका अवसरमा काठमाडौँमा आयोजित ‘नेपाल मानवतावादी सम्मेलन –२०२५’ को सम्बोधनमा गृहमन्त्री लेखकले विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता, अनुभवहरुको आदानप्रदान र कार्यान्वयनयोग्य समाधानहरू खोज्नुपर्ने बेला भइसकेको बताएका हुन् ।

‘विश्वव्यापी ऐक्यबद्धतालाई सबल र स्थानीय समुदायलाई बलियो’ भन्ने नारासहित आयोजित सम्मेलनमा उनले जटिल भौगोलिक विविधताका कारण पनि नेपालमा प्राकृतिक प्रकोप र मानवीय संकटहरू दोहोरिरहेको बताए। 

भूकम्प, बाढी, पहिरो, खडेरी, डढेलोजस्ता प्राकृतिक प्रकोपका अतिरिक्त जलवायु परिवर्तन, वातावरणीय क्षय, द्वन्द्व तथा बढ्दो असमानताका कारण मानवीय कार्यले चुनौतीको सामना गर्दै आएको उनको भनाइ छ । ‘पछिल्ला दिनमा यस्ता प्राकृतिक प्रकोपको आवृत्ति र प्रवृत्ति झन् झन् विषम बन्दै पनि गएको छ । जलवायु परिवर्तनका हकमा हामीलाई नखाएको विष लागिरहेको छ ।

विपद् तथा मानवीय संकटहरुमा स्थानीय सरकार, समुदाय, स्वयंसेवी संस्था र व्यक्तिहरू पहिलो उद्धारकर्ता हुने गरेको गृहमन्त्री लेखकले बताए।

 ‘हामीले यो कुरा दश वर्षअघिको गोरखा भूकम्पपछिको खोज तथा उद्धार, राहत तथा सुरुवाती पुनर्स्थापनामा पनि देख्यौँ। विपद् तथा संकटका समयमा मानवीय सहयोगको क्रम निरन्तर मात्रै छैन, त्यसमा बढोत्तरी भएको छ।  नेपाल मानवीय सहयोगको क्षेत्रमा अग्रणी छ । विपद्को समयमा नेपालीहरूमा सहयोगको भावना अझ बढेको देख्न सकिन्छ,’ उनले भने । 

नेपालको संविधानले स्थानीय तहलाई विपद् व्यवस्थापनको पहिलो जिम्मेवारी दिएको गृहमन्त्री लेखकले बताए। 

‘स्थानीय तहलाई सबल बनाउने कार्यका लागि पालिकास्तरमा विपद् व्यवस्थापन समिति, स्थानीय आपतकालीन कार्यसंचालन केन्द्र, हरेक पालिकामा गोदामघरको व्यवस्था, पालिकामा बस्ने स्वयंसेवकहरुको गठन तथा तालिम, स्थानीय विपद् व्यवस्थापन कोषको व्यवस्थालगायतको व्यवस्था गरिएको छ,’ उनले भने, ‘सरकारले आपतकालीन तयारी, जोखिम न्यूनीकरण र पुनर्निर्माणमा स्थानीय नेतृत्वलाई प्राथमिकतामा पनि राखेको छ।’


सम्मेलनले स्थानीय नेतृत्वलाई मजबुत बनाउने र समान साझेदारी बढाउने विषमा पर्याप्त छलफल गरी एउटा निष्कर्ष निकाल्ने उनले विश्वास व्यक्त गरे। 

गृहमन्त्री लेखकले मानवतावादी प्रणालीमा बढ्दो वित्तीय चुनौतीहरूलाई स्थानीय स्तरबाट सञ्चालित संयन्त्रमार्फत सम्बोधन गर्दै दिगो वित्तीय संरचना निर्माणको आवश्यक औँल्याए। ‘यसका लागि हामीले स्थानीय सरकारको क्षमता विकास, स्वयंसेवक व्यवस्थापन, सुशासन तथा समन्वय प्रणालीमा लगानी गर्नुपर्नेछ,’ उनले भने, ‘साझेदारी विस्तारले स्थानीय सरोकारवालालाई सशक्त बनाउन मद्दत गर्छ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका सफल अभ्यास र अनुभवहरूको अभिलेखन र आदानप्रदान हुन सक्यो भने त्यसले विश्वव्यापी रुपान्तरणलाई प्रेरित पनि गर्छ।’

स्थानीय तह एवं समुदायको क्षमताको विकासका साथै आपतकालीन तयारी र दिगो पुनर्निर्माणका लागि सरकार निरन्तर प्रतिबद्ध रहेको गृहमन्त्री लेखकले बताए।

भविष्यका चुनौतीहरूलाई सामना गर्न विकास साझेदार निकाय, अन्तर्राष्ट्रिय साझेदार संस्थाहरु र राष्ट्रिय गैरसरकारी संस्थाहरुसँग सहकार्य गर्दै सक्षम मानवीय संरचना निर्माण गर्न कटिबद्ध रहेको गृहमन्त्री लेखकले बताए।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १२ : ३१ बजे

राजेन्द्र बजगाईं भन्छन्- सिग्नेचर गर्ने हो, उपसभामुखलाई हटाउने पक्षमै छौँ

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आफूहरू उपभामुख इन्दिरा रानामगरलाई

सरकारको साथ छाडेकी रञ्जिता पनि सत्ता गठबन्धनको बैठकमा

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएको घोषणा गरिसकेको महिना

रास्वपाको चेतावनी : उपसभामुख रानालाई हटाए सडक संघर्षमा जान्छौँ

काठमाडौं- प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरलाई

संघिय लोकतान्त्रिक गणतन्त्र स्थायित्वको लागि सूचनाको हक महत्त्वपूर्ण छ : गृहमन्त्री लेखी

जनकपुरधाम– मधेश प्रदेश सरकार गृह,सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले संघिय लोकतान्त्रिक

एमाले मोरङको कार्यालयमा पूर्वराष्ट्रपति भण्डारी, जिल्ला अध्यक्षसहितले गरे स्वागत

विराटनगर– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले मोरङ जिल्ला कमिटीको कार्यालयमा पुगेकी