हस्ताक्षर अभियानबारे योगेशको टिप्पणी- यो चलिरहने संसदीय अभ्यास हो, गोकुलले भने- बोलाएर आएँ, अरू थाहा भएन « Khabarhub

हस्ताक्षर अभियानबारे योगेशको टिप्पणी- यो चलिरहने संसदीय अभ्यास हो, गोकुलले भने- बोलाएर आएँ, अरू थाहा भएन


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपसभामुख इन्दिरा राना मगरलाई हटाउन महाभियोग लगाउने प्रयोजनका लागि प्रमुख सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदसँग हस्ताक्षर संकलन गरेका छन् ।

संघीय संसद्का सदस्यहरूलाई मंगलबार बिहान सिंहदरबारमा बोलाएर दुवै दलले हस्ताक्षर लिएका हुन् । उनीहरूलाई के प्रयोजनका लागि हो भन्ने नखुलाई खाली कागजमा हस्ताक्षर गर्न लगाइएको हो ।

हस्ताक्षरपछि एमाले सचिवसमेत रहेका नेता योगेश भट्टराईले संसदीय अभ्यासमा यो सामान्य कुरा भएको बताए ।

‘यो २०४८ सालदेखि नै चलेको चलन हो । सांसदहरूको हस्ताक्षर लिने कुरा नेपालमा मात्रै होइन, संसदीय अभ्यास भएका अन्य देशमा पनि चल्छ’, उनले भने, ‘कहिलेकाहीँ अपर्झट प्रस्ताव दर्ता गर्न हस्ताक्षर लिइन्छ । कोही सांसद विदेश गएका हुन्छन्, कोही काठमाडौं बाहिर हुन्छन् । त्यसैले पार्टीले हस्ताक्षर बटुलेर ठिक्क पार्ने यो संसदीय चलन नै हो ।’

उनले कांग्रेस र एमालेले सल्लाहले हस्ताक्षर अभियान नचलाएको हुन सक्ने पनि बताए । ‘सांसदहरूको हस्ताक्षर महाभियोग र सरकार बदल्न पनि प्रयोग हुन्छ’, उनले भने, ‘तर यिनै दुई काम गर्नका लागि भनेर हस्ताक्षर लिइएको होइन । तर त्यसो हुन पनि सक्छ।’

एमालेका अर्का सांसद गोकुल बास्कोटाले आफू निर्देशन अनुसार सिंहदरबारमा हाजिर भएको बताए । ‘दलको निर्देशन अनुसारको काम गरियो, सूचना के हो थाहा भएन । मलाई केही पनि थाहा भएन’, उनले भने,‘के को लागि होला मलाई चाहिँ खास थाहा छैन । यहाँ मैले केही गरिनँ । दलको कार्यालयमा आउनु भन्ने थियो । प्रमुख सचेतकसँग भेट्नु भन्नु भयो, कुरा गर्‍यौँ, अहिले निस्किएर हिँड्यौँ ।’

उनले आफू काम विशेष भएरै आएको बताउँदै पार्टीको कुनै बैठक भने नरहेको बताए । बास्कोटाले हस्ताक्षर गरे नगरेको केही पनि खुलाउन चाहेनन् ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १ : ०६ बजे

नवौं संस्करणको निफ चैत १९ बाट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको