छुट्टाछुट्टै भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाराको परवानीपुर गाउँपालिका-५ बहुअरीस्थित प्र.२-०३-००१ च १७९४ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ९० वर्षीय कुवर राउत कुर्मीको सोमबार साँझ मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार पिकअप चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यसतै, धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरचोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूषको सोमबार बेलुकी मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको मोडल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १ : २९ बजे

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध