‘बल्छी’ले सुरु गरे ‘गोबर गणेश’को छायाङ्कन, केदार पनि छन् ? « Khabarhub

‘बल्छी’ले सुरु गरे ‘गोबर गणेश’को छायाङ्कन, केदार पनि छन् ?


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को डेब्यू निर्देशन रहने फिल्म ‘गोबर गणेश’को छायाङ्कन सुरु भएको छ ।

काठमाडौंको म्हेपी मन्दिरमा शुभमुहूर्त गरी बल्छी आजैबाट छायाङ्कनमा निस्किएका हुन् ।

शुभमुहूर्त कार्यक्रममा फिल्मका सबै शीर्ष कलाकारको उपस्थिति रहेको थियो । कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ पनि त्यहाँ उपस्थिति थिए । शुभमुहूर्तमा उनैले नरिवल फोडेका थिए ।

यद्यपि केदार फिल्मको कलाकार वा कुनै पनि जिम्मेवारीमा बल्छीले बताएका छन् । बल्छी र केदार दुवै सिरियल ‘मेरी बास्सै’बाट दर्शकमाझ स्थापित भएका हुन् ।

पूराना सहकार्यको नयाँ अध्यायको सुरुवातमा साथ दिन केदार शुभ मुहूर्तमा पुगेको बुझिएको छ । उनकी श्रीमती सीतादेवी लिमल्सेना भने फिल्मको मुख्य भूमिकामा छिन् ।

यस फिल्मको छायाङ्कन ३५ दिनमा सक्ने योजनाका साथ बल्छी निस्किएका हुन् । काठमाडौं र पोखराका विभिन्न स्थानमा छायाङ्कन हुने उनले जानकारी दिए ।

फिल्म निर्देशनको पहिलो प्रयासमा दर्शकबाट साथ पाउने बल्छीको अपेक्षा छ । उनले भने, ‘हामीलाई सानो पर्दामा दर्शकले जसरी साथ दिनु भयो, माया दिनुभयो, त्यसरी नै ठूलो पर्दामा पनि साथ र माया दिनुहुन्छ भन्ने आशा छ ।’

यो फिल्ममा नायिका बल्छीसहित, सीता, वर्षा सिवाकोटी, पदम तामाङ, विल्सनविक्रम राई, सन्तोष बानियाँ, पुजन घिमिरे, निर्मल शर्मा मुख्य भूमिकामा रहेको बताइएको छ ।

टेलिसिरियल ‘हल्का रमाइलो’ र ‘जुठे’ निर्देशन तथा लेखनको अनुभव लिएर बल्छीले फिचर फिल्ममा हात हालेका हुन् ।

बल्छी धुर्बे फिल्मस्को ब्यानरमा बन्ने यस फिल्मको लेखक बल्छी आफैँ हुन् ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १ : ३० बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण