गौर घटनाका सन्दर्भमा अध्ययन गर्न बाटो खुल्यो « Khabarhub

गौर घटनाका सन्दर्भमा अध्ययन गर्न बाटो खुल्यो


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले रौतहटको गौरमा २०६३ चैत ७ गते भएको घटनाको छानबिन अघि बढाउन आदेश गरेपछि आवश्यक अध्ययन-अनुसन्धानका लागि बाटो खुलेको छ ।
 
महान्यायाधिवक्ता कार्यालयले गौर हत्याकाण्डको विषयमा सर्वोच्च अदालतको पूर्णपाठ प्राप्त भएपछि फैसलामा लेखिएअनुसार आवश्यक अध्ययन–अनुसन्धानसहित कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धवप्रसाद पुडासैनीका अनुसार गौर घटनासम्बन्धी फैसलाको पूर्णपाठ प्राप्त भएपछि अनुसन्धानका क्रममा सरकारी वकिलको कार्यालयले प्रहरी संयन्त्रमार्फत आवश्यक प्रक्रिया अघि बढाउँछ । प्रहरीको प्रतिवेदनअनुसार सरकारी वकिलको कार्यालयले दोषी देखिएका व्यक्तिहरुविरुद्ध अदालतमा मुद्दा दायर गर्नुपर्ने कानुनी व्यवस्था छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार सो घटनाको छानबिन गर्न आदेश दिएको हो । उक्त घटनामा घाइते भएका त्रिभुवन साहलगायतले गौरस्थित राइस मिलको चौरमा भएको घटनाका सम्बन्धमा छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै २०८० साल जेठ २१ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
 
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र मधेसी जनअधिकार फोरमका कार्यकर्ताबीच राइस मिलको चौरमा झडप हुँदा २७ जना माओवादीका कार्यकर्ता मारिएका र सयभन्दा बढी घाइते भएका थिए ।
 
राष्ट्रिय मानव अधिकार आयोगलगायतका मानव अधिकारसम्बद्ध सङ्घसंस्थाले स्थलगत अनुगमनपछि गौर घटनामा मानिसको बाँच्न पाउने अधिकारको हनन भएको र मानव अधिकारको उल्लङ्घन भएको भनी दोषी पक्षलाई कारबाही हुनुपर्ने माग गर्दै आएका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १ : ४६ बजे

यी हुन् नेकपाले सुदूरपश्चिमबाट मैदानमा उतार्न लागेका उम्मेदवार

धनगढी– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धमाधम उम्मेदवार

गोविन्द वियोगी पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान

काठमाडौं– सम्पादक समाज नेपालले आफ्ना संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार

ह्याट्रिक जित निकालेको डोडी छोड्दै प्रेम आले, नेकपाले दियो कैलाली-५ को टिकट

धनगढी- नेकपा एकीकृत समाजवादीमा हुँदा अध्यक्ष माधवकुमार नेपालसँग तीव्र असन्तुष्टि

पाकिस्तानको पञ्जाबमा सडक दुर्घटना, १४ जनाको मृत्यु

इस्लामबाद– पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको सरगोधा जिल्लामा शनिबार बिहान भएको

वामदेव अब राष्ट्रिय सभाबाट प्रतिनिधि सभातिर, बर्दिया १ बाट उठ्न राजीनामा दिँदै

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम फागुन २१ गते