कांग्रेस-एमालेले उपसभामुख रानाविरूद्ध तत्कालै महाभियोग प्रस्ताव नलैजाने « Khabarhub

कांग्रेस-एमालेले उपसभामुख रानाविरूद्ध तत्कालै महाभियोग प्रस्ताव नलैजाने

एमाले प्रमुख सचेतक भन्छन्- यसबारेमा हामीले छलफलै गरेका छैनौँ


३ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले तत्कालै प्रतिनिधिसभाकी उपभासमुख इन्दिरा राना मगरविरुद्ध महाभियोग प्रस्ताव अघि नबढाउने भएका छन् । दुवै दलले रानाविरुद्ध महाभियोग लगाउन हस्ताक्षर संकलन गरेको चर्चाबीच दुई दलले यस्तो निष्कर्ष निकालेका हुन् ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अहिले नै उपसभामुख राना मगरविरुद्ध महाभियोग लगाउने निष्कर्षमा दुई दल र गठबन्धन पुगिनसकेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसदसमेत रहेकी राना मगरलाई उपसभामुखबाट हटाउन हस्ताक्षर अभियान चलाइएको समाचार बाहिरिएपछि बर्तौलाले यस्तो बताएका हुन् ।

‘कुनै हस्ताक्षर अभियान सञ्चालन गरिएको छैन । उपसभामुखज्यूबारे केही प्रसंग संसद्मा उठेकै हो । अर्कातिर राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् बहिष्कार गरिरहेको छ’, उनले भने, ‘हिजोका दिनमा उपसभामुखले पनि असम्बन्धित मानिसलाई अमेरिका लैजान दूतावासलाई पत्राचार गरेकै हो । त्यो विषय अझै पनि छँदैछ । संसद्बाट त्यो विषय राफसाफ भइसकेको छैन।’

सत्तारुढ दलहरूले उपसभामुखविरुद्ध प्रस्ताव दर्ता गर्न खोजेको भनेर आएका समाचार सत्य नभएको उनले बताए । ‘हस्ताक्षर संकलन गरिएको सत्य होइन । उहाँले गरेका कामहरू पदअनुकुल हो कि होइनन् भन्ने मुख्य कुरा हो । उहाँबारे उठेका विषयको जवाफ र निचोड खोज्नुपर्छ’, उनले भने, ‘उहाँमाथि उठेका विषयलाई संसद्ले राफसाफ गर्नैपर्छ। आज हामी सत्तारुढ दलहरूले कुनै र कसैका विरुद्ध कुनै प्रस्ताव लैजाने योजना बनाएका छैनौँ ।’

उनले उपसभामुखअबारेमा भोलि संसद्मा फेरि पनि कुरा उठ्ने भएकाले त्यसको निरुपण भने गरिनुपर्ने बताए । ‘महाभियोग भनेर चर्चा गरिएको यो कुराको तयारीमा हामी छैनौँ । उपसभामुखको बारेमा सत्तारुढ दलहरू कुनै प्रस्ताव दर्ता गर्ने निर्णयमा पुगेका छैनौँ’, उनले भने, ‘सरकारसँग जोडिएका कुराहरूबारे सरकार नै जवाफदेही हुन्छ । संसद्मा अहिले नै कसैविरुद्ध महाभियोग जाँदैन ।’

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  १ : ३२ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२