कांग्रेस-एमालेले उपसभामुख रानाविरूद्ध तत्कालै महाभियोग प्रस्ताव नलैजाने « Khabarhub

कांग्रेस-एमालेले उपसभामुख रानाविरूद्ध तत्कालै महाभियोग प्रस्ताव नलैजाने

एमाले प्रमुख सचेतक भन्छन्- यसबारेमा हामीले छलफलै गरेका छैनौँ


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले तत्कालै प्रतिनिधिसभाकी उपभासमुख इन्दिरा राना मगरविरुद्ध महाभियोग प्रस्ताव अघि नबढाउने भएका छन् । दुवै दलले रानाविरुद्ध महाभियोग लगाउन हस्ताक्षर संकलन गरेको चर्चाबीच दुई दलले यस्तो निष्कर्ष निकालेका हुन् ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अहिले नै उपसभामुख राना मगरविरुद्ध महाभियोग लगाउने निष्कर्षमा दुई दल र गठबन्धन पुगिनसकेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसदसमेत रहेकी राना मगरलाई उपसभामुखबाट हटाउन हस्ताक्षर अभियान चलाइएको समाचार बाहिरिएपछि बर्तौलाले यस्तो बताएका हुन् ।

‘कुनै हस्ताक्षर अभियान सञ्चालन गरिएको छैन । उपसभामुखज्यूबारे केही प्रसंग संसद्मा उठेकै हो । अर्कातिर राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् बहिष्कार गरिरहेको छ’, उनले भने, ‘हिजोका दिनमा उपसभामुखले पनि असम्बन्धित मानिसलाई अमेरिका लैजान दूतावासलाई पत्राचार गरेकै हो । त्यो विषय अझै पनि छँदैछ । संसद्बाट त्यो विषय राफसाफ भइसकेको छैन।’

सत्तारुढ दलहरूले उपसभामुखविरुद्ध प्रस्ताव दर्ता गर्न खोजेको भनेर आएका समाचार सत्य नभएको उनले बताए । ‘हस्ताक्षर संकलन गरिएको सत्य होइन । उहाँले गरेका कामहरू पदअनुकुल हो कि होइनन् भन्ने मुख्य कुरा हो । उहाँबारे उठेका विषयको जवाफ र निचोड खोज्नुपर्छ’, उनले भने, ‘उहाँमाथि उठेका विषयलाई संसद्ले राफसाफ गर्नैपर्छ। आज हामी सत्तारुढ दलहरूले कुनै र कसैका विरुद्ध कुनै प्रस्ताव लैजाने योजना बनाएका छैनौँ ।’

उनले उपसभामुखअबारेमा भोलि संसद्मा फेरि पनि कुरा उठ्ने भएकाले त्यसको निरुपण भने गरिनुपर्ने बताए । ‘महाभियोग भनेर चर्चा गरिएको यो कुराको तयारीमा हामी छैनौँ । उपसभामुखको बारेमा सत्तारुढ दलहरू कुनै प्रस्ताव दर्ता गर्ने निर्णयमा पुगेका छैनौँ’, उनले भने, ‘सरकारसँग जोडिएका कुराहरूबारे सरकार नै जवाफदेही हुन्छ । संसद्मा अहिले नै कसैविरुद्ध महाभियोग जाँदैन ।’

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १ : ३२ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा