प्रधानमन्त्रीले भने- सरकारले व्यवसायीमैत्री नीति लिएको छ, ढुक्क भएर लगानी गर्नुस् « Khabarhub

प्रधानमन्त्रीले भने- सरकारले व्यवसायीमैत्री नीति लिएको छ, ढुक्क भएर लगानी गर्नुस्


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

क‍ाठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले व्यवसायीमैत्री नीति लिएकाले ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन्  ।  

मंगलबार काठमाडौंको भृकुटिमण्डपमा नाडा अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार व्यवसायीमैत्री नीतिका साथ विकासको बाटोमा तीव्र गतिले अघि बढिरहेकाले ढुक्क भएर लगानी गर्न आह्वान गरेका हुन्  ।

अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्था र पूर्वाधार विकास गरेकाले लगानी र काम गर्न कुनै बाधा नरहेको उनले बताए । प्रधानमन्त्री ओलीले अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको जिकिर गरे ।

उनले उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरू बन्ने क्रममा रहेका, अन्तर्राष्ट्रिय विमानस्थल थपेको, हरित ऊर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोगमा ल्याउन लागेको धारणा राखे । सरकारका सबै प्रयासको ध्येय विकास र समृद्धि भएकाले देशका लागि योगदान दिन उनले व्यवसायीहरूलाई आग्रह समेत गरे । 

प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए  । उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास दिलाए  ।  

प्रधानमन्त्री ओलीले दिपलको ईभीटोल (उड्ने सवारी) लगाएत प्रदर्शनीको अवलोकन गरेका थिए । भाद्र ८ गतेसम्म चल्ने नाडा अटो शो २०२५ मा १९ वटा चार पाङ्ग्रे ब्रान्डहरू, ४ वटा दुई पाङ्ग्रे ब्रान्डहरु, १३ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शनमा राखिएको छ । त्यस्तै अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरणका १२५ भन्दा बढी प्रदर्शनी कक्षहरु नाडा अटो शोमा रहेका छन् । 

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ३ : ३१ बजे

रास्वपा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सागर ढकालले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा अत्यधिक

भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १८८ जनाको मृत्यु, उद्धार कार्य तीव्र

काठमाडौँ – उत्तरी भेनेजुएलामा गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

सुदूरपश्चिम– माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको

मनसुन प्रभाव, तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौं– हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी