रास्वपाको चेतावनी : उपसभामुख रानालाई हटाए सडक संघर्षमा जान्छौँ « Khabarhub

रास्वपाको चेतावनी : उपसभामुख रानालाई हटाए सडक संघर्षमा जान्छौँ


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाए सडक संघर्षमा जाने चेतावनी दिएको छ ।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले राना मगरलाई महाभियोग लगाउन भन्दै सांसदहरूको हस्ताक्षर संकलन गरिरहँदा रास्वपाले यस्तो चेतावनी दिएको हो ।

‘सुन्दैछौँ हस्ताक्षर संकलन हुँदैछ रे ! समाजिक लडाइँ लड्दै आएका एक जनजातिकी छोरीलाई पदमुक्त गर्ने परिपञ्च रच्दै छन् रे !,’ रास्वपा प्रवक्ता मनीष झाले भनेका छन्, ‘यसको नाटक सदनमा रचियो भने जवाफ सडकले दिनेछ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई परिवार, आफन्त र बिचौलियालाई पद बेच्ने गरेको आरोपसमेत लगाएका छन् ।

‘परिवार, आफन्त र बिचौलियाको कोटालाई पद बेच्ने अभ्यास गरिरहेको ओली र देउवाको लागि यो समावेशिताको परिवर्तन सह्य भएन,’ झाले भनेका छन् ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राना मगरलाई हटाउने सत्तारुढ दलहरूको कोसिसको विरोध गर्ने बताएका थिए ।

मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले उपसभामुख रानालाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ती गर्न लागेको भन्दै माओवादीले विरोध गर्ने बताएका थिए ।

यसैबीच एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अहिले नै उपसभामुख राना मगरलाई महाभियोग लगाएर हटाउने पक्षमा आफूहरू नरहेको प्रष्टिकरण सिंहदरबारमा दिएका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  २ : १० बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ