सरकारको साथ छाडेकी रञ्जिता पनि सत्ता गठबन्धनको बैठकमा « Khabarhub

सरकारको साथ छाडेकी रञ्जिता पनि सत्ता गठबन्धनको बैठकमा


३ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएको घोषणा गरिसकेको महिना बितिसकेको अवस्थामा नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सत्ता गठबन्धनको बैठकमा सहभागी भएकी छन् ।

उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी भइरहेका बेला सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा भाग लिन उनी पनि पुगेकी हुन् ।

नाउपाबाट सरकारमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले राजीनामा दिइसकेका छन् । तर अझैसम्म उनको राजीनामा स्वीकृत भएको जानकारीमा आएको छैन ।

सरकारबाट मन्त्री बाहिरिएर समर्थन पनि समर्थन फिर्ता लिएको घोषणा गरेको अवस्थामा रञ्जिता सत्ता गठबन्धनमा जोडिएकी हुन् ।

प्रतिनिधिसभामा अहिले नाउपाका चार सांसद छन् । उपसभामुख रानालाई हटाउन सत्ता गठबन्धनलाई नाउपाको अनिवार्य साथ चाहिन्छ । तर नाउपामा पनि रञ्जिता र संरक्षक रेशमबीच किचलो छ । रेशमले पहिलो राष्ट्रिय भेला बोलाएर रञ्जितालाई हटाएको निर्णयलाई निर्वाचन आयोगले अमान्य घोषित गरिदिएको छ ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  २ : २० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली