जेलको बासले रविलाई पुगेन भिटामिन ‘डी’, नख्खु पुगे डाक्टर « Khabarhub

जेलको बासले रविलाई पुगेन भिटामिन ‘डी’, नख्खु पुगे डाक्टर


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भिटामिन ‘डी’ नपुग्दा स्वास्थ्यमा समस्या देखिएको छ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका लामिछाने गत चैत २५ गतेयता निरन्तर जेलमा छन् । सुरूमा भैरहवा कारागार राखिएका उनलाई अहिले ललितपुरको नख्खुमा सारिएको छ ।

चार महिना बढी समयदे‍खि जेलको बासले घाम देख्न नसकेका रविको शरीरमा भिटामिन ‘डी’को कमी भएर समस्या आएको चिकित्सकले बताएका छन् ।

स्वास्थ्यमा सावधानी अपनाउनु जरूरी रहेको भन्दै रविलाई सुझाव दिन ट्रमा सेन्टरका डा. जितेन्द्रप्रसाद यादव नख्खु कारागार पुगेका छन् ।

भैरहवा कारागारमा घाम देख्न नपाएका उनी बाहिरको हावा र घाम देख्न नपाउँदा विरामी परेको रास्वपाका एक नेताले बताएका छन् । शरीरमा घामको कमीले स्वास्थ्यमा समस्या देखिएको बताइएको छ ।

घामको अभावमा रविको शरीरमा समस्या देखिएको छ । भैरहवामा अँध्यारो कोठामा रहेका रविलाई नख्खु आएपछि समस्या बढेको हो । शरीर पहेँलो देखिएपछि जन्डिसको आशंका गरिए पनि भिटामिन ‘डी’ कमी भएको चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  २ : ४२ बजे

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको