जेलको बासले रविलाई पुगेन भिटामिन ‘डी’, नख्खु पुगे डाक्टर « Khabarhub

जेलको बासले रविलाई पुगेन भिटामिन ‘डी’, नख्खु पुगे डाक्टर


३ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भिटामिन ‘डी’ नपुग्दा स्वास्थ्यमा समस्या देखिएको छ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका लामिछाने गत चैत २५ गतेयता निरन्तर जेलमा छन् । सुरूमा भैरहवा कारागार राखिएका उनलाई अहिले ललितपुरको नख्खुमा सारिएको छ ।

चार महिना बढी समयदे‍खि जेलको बासले घाम देख्न नसकेका रविको शरीरमा भिटामिन ‘डी’को कमी भएर समस्या आएको चिकित्सकले बताएका छन् ।

स्वास्थ्यमा सावधानी अपनाउनु जरूरी रहेको भन्दै रविलाई सुझाव दिन ट्रमा सेन्टरका डा. जितेन्द्रप्रसाद यादव नख्खु कारागार पुगेका छन् ।

भैरहवा कारागारमा घाम देख्न नपाएका उनी बाहिरको हावा र घाम देख्न नपाउँदा विरामी परेको रास्वपाका एक नेताले बताएका छन् । शरीरमा घामको कमीले स्वास्थ्यमा समस्या देखिएको बताइएको छ ।

घामको अभावमा रविको शरीरमा समस्या देखिएको छ । भैरहवामा अँध्यारो कोठामा रहेका रविलाई नख्खु आएपछि समस्या बढेको हो । शरीर पहेँलो देखिएपछि जन्डिसको आशंका गरिए पनि भिटामिन ‘डी’ कमी भएको चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  २ : ४२ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म