युक्रेनले युरोपेली कोषमार्फत ९० अर्ब डलरको अमेरिकी हतियार खरिद गर्ने जेलेन्स्कीद्वारा पुष्टि | Khabarhub Khabarhub

युक्रेनले युरोपेली कोषमार्फत ९० अर्ब डलरको अमेरिकी हतियार खरिद गर्ने जेलेन्स्कीद्वारा पुष्टि


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार युक्रेनले आफ्नो सुरक्षा ग्यारेन्टीको एक हिस्साका रूपमा युरोपेली कोषमार्फत ९० अर्ब डलर मूल्यका अमेरिकी हतियार खरिद गर्ने योजनाको पुष्टि गरेका छन् ।

तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको प्रस्तावित त्रिपक्षीय बैठकको मिति भने अझै अनिश्चित छ ।

“मिति ? होइन, होइन, छैन । हामीसँग कुनै मिति छैन । हामीले भर्खरै राष्ट्रपति र त्यसपछि हाम्रा सबै सहकर्मी र साझेदारहरूसँगको यो फलदायी बैठकपछि पुष्टि गर्‍यौँ, जसले हामी त्रिपक्षीय बैठकका लागि तयार छौँ भन्ने देखाउँछ”, जेलेन्स्कीले भने, “यदि रुसले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिलाई द्विपक्षीय प्रस्ताव गर्छ भने, त्यसपछि हामी त्यसको परिणाम हेर्नेछौँ, अनि पछि यो त्रिपक्षीय हुनसक्छ । त्यसैले मैले यो सम्पूर्ण कार्यक्रम स्पष्ट पारेँ । युक्रेन शान्तिको बाटोमा कहिल्यै रोकिने छैन र हामी कुनै पनि ढाँचाका लागि तयार छौँ, तर नेताहरूको स्तरमा ।”

ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली नेताहरूसँगको वार्तापछि आयोजित सम्मेलनमा जेलेन्स्कीले यस्तो टिप्पणी गरेका हुन् । उनले युक्रेनले आफ्नो सुरक्षा ग्यारेन्टीको एक हिस्साका रूपमा युरोपेली कोषमार्फत ९० अर्ब डलर मूल्यका अमेरिकी हतियार खरिद गर्ने योजनाबारे छलफल भएको पनि बताए ।

ग्यारेन्टीको अर्को भागमा युक्रेनले ड्रोन निर्माण गर्नेछ र यसको केही हिस्सा अमेरिकाले खरिद गर्नेछ । जेलेन्स्कीका अनुसार अझै कुनै औपचारिक सम्झौता भएको छैन, तर सम्झौता आगामी हप्ता वा १० दिनमा औपचारिक हुने अपेक्षा गरिएको छ ।

एक्समा पोस्ट गर्दै जेलेन्स्कीले लेखेका छन्, “आज वासिङ्टनमा महत्त्वपूर्ण वार्ता भयो । हामीले राष्ट्रपति ट्रम्पसँग धेरै विषयमा छलफल गर्‍यौँ । यो लामो र विस्तृत कुराकानी थियो, जसमा युद्धको मैदानको अवस्था र शान्ति नजिक ल्याउनका लागि हाम्रा कदमहरूबारे छलफल भयो । युरोपेली नेताहरू र अमेरिकी राष्ट्रपतिसँग पनि एउटै ढाँचामा धेरै बैठकहरू भए ।”

“हामीले सुरक्षा ग्यारेन्टीबारे छलफल गर्‍यौँ । यो युद्ध अन्त्यतर्फको एउटा प्रारम्भिक विन्दु हो । यी ग्यारेन्टीहरूलाई समर्थन गर्ने र यसको हिस्सा बन्ने तयारीबारे अमेरिकाबाट आएको महत्त्वपूर्ण सङ्केतलाई हामीले कदर गर्दछौँ”, उनले भने, “आजको छलफलमा हाम्रो बालबालिकाहरूको फिर्ती, रुसद्वारा बन्दी बनाइएका युद्धबन्दी र नागरिकहरूको रिहाइमा विशेष ध्यान दिइयो । यस विषयमा हामी काम गर्ने सहमतिमा पुगेका छौँ । अमेरिकी राष्ट्रपतिले नेताहरूको स्तरमा हुने बैठकलाई पनि समर्थन गर्नुभएको छ । संवेदनशील मुद्दाहरू समाधान गर्न यस्ता बैठकहरू आवश्यक हुन्छन् ।”

-रासस/एएनआई

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  २ : ५२ बजे

गण्डकीले ल्यायो घरेलु मदिरा ऐन

गण्डकी– गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न

सीमा क्षेत्रमा थप कडाइका साथ काम गर्न निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रबाट हुने चोरीनिकासी पैठारी

माइतीघरमा जसपा नेपाल विद्यार्थी संगठनको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– समाजवादी विद्यार्थी युनियन नेपाल केन्द्रीय समितिले माइतीघर मण्डलामा विरोध

सामाजिक सञ्जाल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाबाट ‘सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने

अमेरिकाबाट शेखरलाई उपसभामुख रानाको फोन : मेरोबारे त्यहाँ खास भएको के हो ?

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेले हटाउने प्रयासलाई फेरि तीव्र