मुस्ताङमा एक महिलामा डेङ्गु सङ्क्रमण « Khabarhub

मुस्ताङमा एक महिलामा डेङ्गु सङ्क्रमण


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेङ्गु समक्रमण देखिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी ३८ वर्षीया महिलामा डेङ्गु सङ्क्रमण भएको हो । 

डेङ्गु सङ्क्रमित महिला बिरामी परेपछि उपचारका लागि प्रदेश अस्पताल जोमसोममा भर्ना भएकी थिइन् । सोही क्रममा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा डेङ्गु रोगको सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. समीक्षा कँडेलले जानकारी दिइन् । उनका अनुसार बिरामी महिला उपचारपछि घर फर्किएका छन्।
 
साउनमा यहाँ डेङ्गु रोग सङ्क्रमण देखिएको यो पहिलो घटना भएको डा. कँडेलले जानकारी दिइन् । यहाँ आउने पर्यटकका माध्यमबाट यहाँ डेङ्गु सङ्क्रमण देखिएको उनको भनाइ छ । 

यसअघि मुस्ताङस्थित प्रदेश अस्पताल जोमसोममा आव २०८०-८१ मा चार जना तथा आव २०८१-८२ मा १७ जनामा डेङ्गु सङ्क्रमण देखिएको मुस्ताङ अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।
 

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ३ : १५ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार