‘कुलिङ अफ पिरियड’ को विरोध गर्ने होइन, व्यवस्थित बनाऊँ : सांसद शाक्य  « Khabarhub

‘कुलिङ अफ पिरियड’ को विरोध गर्ने होइन, व्यवस्थित बनाऊँ : सांसद शाक्य 


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाकी सांसद डाक्टर अन्जान शाक्यले ‘कुलिङ अफ पिरियड’ लाई अल्झाउने नभई समाधान गर्ने गरी व्यवस्थापनको बाटो खोज्नुपर्ने बताएकी छन् । 

‘कुलिङ पिरियड भनेको सार्वजनिक सेवा र निजी स्वार्थ सेवाबीचमा नैतिक विभाजन र संस्थागत पर्खाल ‘फायरवाल’ राख्ने हो,’ उनले भनिन्, ‘कुलिङ अफ पिरियड भित्र राज्यका सबै अङ्गहरु (जस्तै राजनीतिज्ञ, सबै तहका कर्मचारी, पुलिस प्रशासन, आर्मी, निजी तथा गैरसरकारी संस्था) लगायत पर्दछ ।’ 

उनले मुख्यतः सरकारी नियामक र निजी कम्पनीबीच अलग हुनुपर्छ भन्ने पनि मान्यता रहने उल्लेख गरिन् । ‘तर, अहिले हामीले चर्चा गरिरहेको कुलिङ पिरियडले निजामती सेवा र अझ त्यसमा पनि एउटा समूहलाई मात्रै लक्षित गरेको छ,’ उनले भनिन्, ‘त्यसैले यो विधेयक विभेदकारी हुन्छ कि भन्ने हो । विधेयक विभेदकारी हुनुहुँदैन । सबैको हितमा हुने गरी ल्याउनुपर्छ ।’   

बृहत् क्षेत्र ओगटेको कुलिङ पिरियडलाई दीर्घकालीन समाधानका अहिलेको समय पर्याप्त नभएकाले उक्त दफालाई न्याय दिने गरी टुंगोमा पुग्न नसकिने बताइन् । 

‘कुलिङ अफ पिरियड भनेको स्वार्थ बझान (सिओआई) भित्रको विभिन्न अङ्गहरु मध्येको एक अंङग मात्रै हो ।  यी सबै विषयको छलफलका लागि ‘स्वार्थको द्वन्द्व व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको (सीओआई) विधेयक सरकारको प्राथमिकतामा परेको छ,’ डाक्टर शाक्यले भनिन्,’ ‘कुलिङ अफ पिरियड’ पनि त्यसैसँग सम्वन्धित रहेकाले पर्याप्त समय लिइ त्यहाँ छलफल गर्दा मात्रै सबैलाई न्याय दिनेगरी उपयुक्त निकासा निकाल्न सकिन्छ ।’ 

उनले सिओआइमा ‘रेक्युजल’, ‘डिसक्लोजर’, ‘व्यान’, ‘इन्डिपिन्डेन्ट ओभरसाइट’, ‘कन्फ्लिक्ट चेक्स्, ‘प्रोहिविश्न’, ‘इन्साइडर इन्फरमेसन’को दुरुपयोग तथा अन्य विषयहरू, क्षेत्र र आयामहरू रहेको भन्दै यी सबैको बृहत् छलफल गर्नुपर्नेमा पनि जोड दिइन्।

‘सोमबार विधायन व्यवस्थापन समितिमा सङ्घीय निजामती सेवा विधेयक २०८० को सम्बन्धमा संशोधनकर्ताहरू समेतको सैद्धान्तिक छलफलका क्रममा पनि मैले ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विषयमा यही धारणा प्रस्टसँग राखेकी छु,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय मान्यतालाई आधार मान्ने हो भने अमेरिका, युरोपियन युनियन, भारत, साउथ अफ्रिका, क्यानडा, बेलायत, न्यजिल्याण्ड, अष्ट्रेलियालगायतका देशमा समेत यसका लागि छुट्टै कानुन छ ।’ 

उनले अन्तर्राष्ट्रिय अनुभवहरूका बारेमा पनि चर्चा गर्दै आफू कुलिङ अफ पिरियड हटाउनुपर्छ भन्ने पक्षमा नभएको प्रस्ट पारिन् ।

‘मैले संशोधन पनि त्यही अनुसार हालेकी हुँ । तर, मेरो संशोधनमा आधा वाक्यांश मात्र आएको हुनाले जनमानसमा भ्रम सिर्जना हुन गएको मात्रै हो,’ उनले भनिन्, कुलिङ अफ पिरियड जस्तै इन्साइडर इन्फरमेसन पनि सीओआईको एक आयाम हो । इन्साइडर इन्फरमेसनको दुरुपयोग गरी अवकाशपछि निजी संस्था वा अन्य कुनै पनि संस्थामा काम गर्ने र सेवामा रहँदाका सूचनाको दुरुपयोग हुने कुराप्रति सजग रहनुपर्छ ।’ 

निजामतिका माथिल्लो तहका कर्मचारीलाई मात्रै हेरेर ‘कुलिङ अफ पिरियड’को प्रावधान राख्ने वा नराख्ने कुरामा बढी केन्द्रित भएको भन्दै केही तथ्य पनि उनले उल्लेख गरिन् ।   

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ३ : ५४ बजे

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,